रामतुलसी माविमा स्काउट टुप दिक्षान्त कार्यक्रम सम्पन्न

रमा भण्डारी
प्रकाशित : २०८० असोज २८ गते ६:४४

असोज २७ रामपुर पाल्पा

रामतुलसी माध्यामिक विद्यालय रामपु्र पाल्पाले स्काउट टुप प्रथम दिक्ष्ााँन्त समारोह कार्यकम सम्पन्न गरेको छ । स्काउट टुपका प्रमुख संरक्षक बालकृष्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा रहनु भएको हो । कार्यक्रममा मुख्य पाुहना थापाले बोल्दै समाजमा शैदान्तिक ज्ञान भए पनि व्यावहारिक ज्ञान आश्वयक रहेको औल्याउदै वहाले स्काउटले नैतिकवान चरित्रबान बनाउन सपोर्ट गर्ने र समाजमा सकात्मक सन्देश दिने बताउनु भएको छ ,।कार्यक्रममा वहाले १सय १६ जना स्काउट बनेको मा जिवनलाइ जिवन उपयोगि बनाउन का लागि पनि स्काउट अति महत्वपुर्ण रहको बताउनु भयो ।
स्काउट शिक्षक कविता अर्यालको स्वागतबाट शुरु भएको कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापाले जिवन रक्षाको लागि पनि स्काउट अति महत्वपुर्ण रहेको बताउनु भयो । वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले ४० साल तिर रामतुलसी माविमा पनि स्काउट टुप भएको स्मरण गर्नु हुदै स्काउटले अनुसासन शिकाउने बताउनु भएको छ । स्काउटका प्रदेश सदस्य जिवन आर्चायले बोल्दै विश्वमा १९ सय ७ मा बेलायतबाट स्काउटशुरु भएको थियो भने नेपालमा २००९बाट शुरु भएको बताउदै स्काउटको महत्व को बारेमा जानकारी गराउनु भयो । पाल्पामा ७४ वटा स्काउट टुप रहेको बताउनु भयो ।
,पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौड्याल पुर्व विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा देवि राना स्काउट रामपुर संंयोजक सरस्वती श्रेष्ठ स्काउट शिक्षक हिरा गौतम लम्साल स्काउत विद्याथी विद्या गौतमलगायतले स्काउट टुप रामतुलसी रामपुरलाइ बधाइ तथा शुभकामना दिएको हो ।
कार्यक्रममा स्काउट का प्रदेश सदस्य नेत्र गैह्रेले सपथग्रहण गराउनु भएको थियो । कार्यक्रममा धामिक माध्यमबाट स्वागत तथा उद्रघाटन गरिएको कार्यक्रममा सवै स्काउट टुपलाइ व्याच वितरण गरिएको हो । कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मराशिनीले गर्नु भएको हो ।


प्रकाशित : २०८० असोज २८ गते ६:४४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology