रिङ्नेरहमा चौथो वडाध्यक्षकप सुरू

डिल्लीराज पंगेनी
प्रकाशित : २०८० कार्तिक २ गते २०:५३

रिङ्नेरहमा चौथो वडाकप संचालन भएको छ । रिङ्गनेरह युवा तथा खेलकुद विकास समिती द्धारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम पूर्वखोला गाउँपालिका वडा नं ३ को आर्थिक सहयोगमा सुरु भएको छ । कपमा भलिबल तथा व्याडमिन्टन साथै सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन संघिय सांम्सद नारायण प्रसाद आचार्य , पालिका अध्यक्ष नुन बहादुर थापा , वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले संयुक्त रुपमा भलिबल खेल राष्ट्रिय रेफ्री अनन्त प्रसाद श्रेष्ठ र लानिस सारु लाई हस्तान्तरण गर्दै भएको थियो ।
टोल स्तरिय भएको भलिबल खेलमा पहिलो दिन मन्दिर डाँडाले रोङ्ढ्याङ्ग लाई २-० को सोझो सेटमा पराजित गरेको थियो । भाल्कुनले कोरङ्गालाई २-० सेटमा पराजित गरेको थियो र अर्खलडाले बृत्ता लाई ३-१ मा पराजित गरेको थियो । बाकिँ खेल कार्तिक ३ गते हुने कार्यक्रम संयोजक नवीन आचार्यले बताउनु भयो । त्यस्तै ब्याडमिन्टन खेलमा १४ टिमको सहभागीता रहेको थियो । कार्यक्रम कार्यक्रमका संयोजक नवीन आचार्यको अध्यक्षतामा, डिल्ली पंगेनीको संचालनमा भएको हो ।


प्रकाशित : २०८० कार्तिक २ गते २०:५३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology