रिङ्नेरह वडाध्यक्ष कप सम्पन्न

डिल्ली राज पंगेनी
प्रकाशित : २०८० कार्तिक ४ गते १२:०६

रिङ्नेरहमा चौथो वडाकप सम्पन भएको छ । रिङ्गनेरह युवा तथा खेलकुद विकास समिती द्धारा आयोजित विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम पूर्वखोला गाउँपालिका वडा न ३ वडा को आर्थिक सहयोगमा भएको हो । कपमा भलिबल तथा व्यानमिन्टन साथै सास्कृत कार्यक्रम सहित सम्पन्न भएको हो ।

टोल स्तरिय भलिबल खेलमा मन्दिर डाँडाले भाल्कुन लाई २-० को सोझो सेटमा पराजित गरेर प्रथम भएको थियो । पराजित भएको भाल्कुन द्धितीय स्थानमा रह्यो । त्यस्तै अर्खलडाँंडाले थामडाँडालाई २-० को सेटमा हराउदै तृतीय स्थान हासिल गरेको थियो ।
त्यस्तै व्यानमिन्टन खेलमा नवीन आचार्य र हस्त थापाको टिम प्रथम , प्रतीक दिशा र निर्मल आले समूह द्धसमु र गम्भीर दुधराज र सन्दिप श्रेष्ठ को टिम तृतिय हुन सफल रहेको थियो ।

प्रथम , द्धितीय ,तृतिय लाई पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र वितण गर्दै समान कार्यक्रमका प्रमुख अथिती पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले खेलकुदको माध्यम बाट भाईचाहाराको सम्बन्ध बड्ने बताउनु भयो । थापाले खेलाडी राष्ट्रको गहना रहेको बताउदै नजिकदै गरेको चार्डपर्वको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई , वडा न ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई , वडा सद्स्यहरु देवीसरा गाहा, गणेश बहादुर काम्मु ,बासुदेव न्यौपाने , उद्ध्बुद्ध कलेज प्रमुख हरि प्र न्यौपाने लगाएतले खेलाडी हरुलाई शुभकामना मन्तव्य सहित अझ सफलताको कामना गर्नु भएको थियो ।
कार्यक्रम कार्यक्रम संयोजक नवीन आचार्यको अध्यक्षतामा, डिल्ली पंगेनीको संचालनमा भएको हो ।


प्रकाशित : २०८० कार्तिक ४ गते १२:०६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology