पूर्वखोलामा ट्याक्टर दुर्घटना हुदा चालक गम्भिर घाईते

Kandara News
प्रकाशित : २०८० मंसिर ८ गते १८:४२

पाल्पा,पूर्वखोला
८ मंसिर २०८०
पाल्पाको पुर्वखोला-५,शिखरडाँडामा भएको ट्याक्टर दुर्घटनामा परि १ जना गम्भीर घाइते भएकाछन्।
पुर्वखोला गाउँपालिका वडा नं.-५,कै कर्नेडाँडाबाट पोखरीछाप तर्फ गईरहेको लु ४ त ६५५३ नम्बरको ट्याक्टर चौपारीडाँडा भन्ने स्थानबाट खस्दा ट्याक्टर धनी तथा चालक पुर्वखोला-५,कर्नेडाँडा घर भएका ३४ वर्षिय चन्द्र कुमार काम्मु घाईते र घाईतेको अवस्था चिन्ताजनक रहेको छ । घाईतेलाई उपचारका लागि तानसेन लगिएको घाइतेका दाजु कमल काम्मुले बताउनुभयो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : २०८० मंसिर ८ गते १८:४२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology