ढलेको पश्चिम् रुकुम र जाजरकोट उठाउने अभियानमा पाल्पा बाट सांसद आचार्यको टोली रूकुम

डिल्लीराज पंगेनी
प्रकाशित : २०८० मंसिर ८ गते २०:३८

ढलेको पश्चिम् रुकुम र जाजरकोट उठाउने अभियानमा पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य नारायण आचार्य पाल्पाली टिम सहित पश्चिम रुकुमको आठबिस्कोट नगरपालिका वार्ड नं १३ घेत्मामा २०८० मंसिर ५ गतेदेखि हुनुहुन्छ । जनताको दुखमा हरपल संगैस्ंगै रहने लगाब संगै सानै उमेरमा उहाले कमाएको सम्पत्ति भनेकै सबैको हाइहाइ र प्रतिष्ठान नै हो । समाजले चिनेको छ मानेको छ । आफ्नो पार्टीले भूकम्प पीडितहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत रहेर उहा यतिबेला पश्चिम नेपालको आठबीस नगरपालिका वडा नं. १३ घेत्मा गाउँमा भत्किएका घरहरुलाई पुनर्निर्माणमात्र होइन,विक्षिप्त गाउँलेहरुका घाउमा मलमपट्टी लगाउन पुग्नुभएको छ । अभाब र संकटले ग्रस्त बनाइरहेको बेला साथ दिन माननिय नारायण आचार्य पुग्नु भएको छ । आँटिलो र साहासि नारायण आचार्य सक्दो काम गरिरहनु भएको छ । गाउँलेहरुसँग मन साट्दै दुःखका बेला आँसु पुस्न र भावना साट्न गाउँ गाउँ र घर घर पुग्नु भएको छ । घरबारमात्र भत्केको छैन,आफन्तका मृत्युले भावविह्वल भएर मन समेत टुटेका छन् कतिका सहाराविहीन भएका छन । चिसो स्याँटसँगै आकास ओढेर सुत्नेहरुलाई स्नेही प्रेमको न्यानो सिरक बाँडिरहनु भएको छ । भोकाएका मान्छेहरुलाई मात्र होइन, भाँचिएका भाटाहरुमात्र होइनन, ढलेका घरहरुमात्र होइनन, बरु ढलेका छन् उनीहरुका मन टुक्रिएका छन उनीहरुका करङहरु च्याँपेर घरका माटो ढुङ्गा र दिवालहरुले क्षतविक्षत भएका शरीरमा आशा र सपनाको धरहरा उभ्याउन पुग्नु भएको छ । उहासँग त्यतिमात्र होइन उहासँग देवीलाल लामिछाने, लालबहादुर दर्लामी,रोमबहादुर लम्तरी,शंकर गौतम, साबित्रा गुरुङ्ग, राजेश भट्टराई, रमा श्रेष्ठ, कमल भट्टराई, सन्देश ढकाल, सुमन पोखरेल,जीवन घिमिरे, देवबहादुर सारु,लिलबहादुर दिशा,रमेश भट्टराई समेत पुगेका छन् । पार्टीका नेता,कार्यकर्ता,शुभचिन्तक र समर्थकहरुकाबीच आफुलाई भुलेर पीडितहरुका निम्ति सहयोगी बनेर सेवा गरिरहँदा नारायण आचार्य सेवाका लागि अवसर जुटाई दिने पार्टीप्रति कृतज्ञ भएको सुनाउनु भयो । आफ्नो पार्टीलाई धन्यवाद् समेत दिनुभयो । १२ दिनका लागि भूकम्प पीडितहरुसँगै रहने बाचासहित त्यता पुग्नु भएका नारायण आचार्य छिट्टै फर्किने मन छैन । उनीहरुका घर ठड्याएर, घाउमा खोट्टर लागेपछि फर्किने सोचमा हुनुहुन्छ । भूकम्प पीडितका अभाव र पीडाले शोकमा छन । माननीय नारायण आचार्यले शोकलाई शक्तिमा बदल्ने प्रण गर्नु भयको छ ।


प्रकाशित : २०८० मंसिर ८ गते २०:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology