कुनै पनि भोजभतेर पुजा लगायतका कार्यमा सिल गरियका पेय पदार्थ निशेध

माया राना
प्रकाशित : २०८० मंसिर ९ गते २०:०५

पुर्वखोला जल्पा , माथिल्लो झेरुदि, वापान , जगरखर्क टोलले , बिशेष गरि भोज भतेर, बिबाह, चाड पर्बको समयमा हुने अनाबश्यक खर्च निरुत्साहित गर्न को लागि बजारबाट खरिद गर्ने मदिरा जन्य रक्सि, बियर , कोक , फेन्टाजस्ता वस्तुहरु प्रयोग गर्न नपाइने निर्णय गरेको छ । आफैले उत्पादन गरेका स्थानिय बस्तुहरु मात्र प्रयोग गर्न पाइने, कसैले नटेरि अनाबस्यक खर्च र स्वास्थ्य सङ खेलाचि गरेमा जरिमाना गर्ने समेत निर्णय गरेको छ,यस्ता परम्परागत र लत लागेका कुराहरु एकै पटक एक्लैले परिबर्तन सकिदैन, समाज सहमति भए असम्भब पनि छैन, राम्रो कुराको सिको सबै टोल र वडाले गर्नु पर्छ , जल्पा वडा अध्यक्ष निर बहादुर सारुले भन्नु भयो ।बिशेष गरि मगर समुदायमा देखावटि र अनाबस्यक खर्च देखिएकोले यस्को बारेमा नियम समेत बनाउनु परेको जानकारि दिनु भयो। मंसिरे भेजामा सबै जम्मा भएको अवसरमा यो निर्णय गरिएको थियो। गाउ बस्ति स्तरको समुदायमा भेजा प्रथाले बिशेष महत्व राख्दछ, मगर बस्ति रहेको ठाउमा परम्परा देखि मान्दै आएको देखिन्छ, कुनै ठाउमा लोपुन्मुख भैसकेको छ, जल्पाको धेरै जसो टोलमा भने भेजाको चालचलन यथावत नै छ ।सामुहिक पुजा गर्छन, बराबर भाग लगाएर खाने चलन छ, टोलमा जति घरधुरि बसोबास सबै जम्मा हुने , यसै अवसरमा गाउको नितिनियम , बिधि बिधान संसोधन गर्ने चलन छ, निर्यातित बस्तुको मुल्य निर्धारण, ज्याला , फितलो निति को बारेमा पनि यति बेला छल्फल गर्ने चलन छ्।


प्रकाशित : २०८० मंसिर ९ गते २०:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology