रामतुलसि मा वि रामपुर पाल्पाको ५६ औ बार्षिक उत्सव सम्पन्न

रमा भण्डारी
प्रकाशित : २०८० पुष १ गते २२:१२

पौष १ रामपुर पाल्पा

रामतुलसि मा वि रामपुर पाल्पाको ५६ औ बार्षिक उत्सव तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।पुर्वि पालपाको जेठो विद्यालयको रुपमा २०२५ सालमा विद्यालयको स्थापना भएको थियो ।। तदर्थ विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनुु भएको हो ।कार्यक्रममा मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य श्रेष्ठले बोल्दै विद्यालयलाइ यहा सम्म ल्याइपुराउने ईतिहासलाई सम्झन चाहान्छु भन्नू भयो वहाले विज्ञान सकायको लागि आजै बाट सबै लाग्नु पर्ने औल्याउनु भएको छ । कार्यक्रममा वहाले रोजगार सहितको शिक्षा आवश्यक रहेकोले विद्यालयमा अव पढ्दै कमाउदै शिक्षालाइ जोड दिनु पर्ने बताउनु भएको छ । आवाज ,,,,,,,,,,,
तदर्थ विद्यलय व्यवस्थापन समिति सदस्य विष्णुप्रसाद पौड्यालको स्वागत बाट शुरु भएको कार्यक्रममा रामपुर नगरपालिका का प्रमुख रमणबहादुर थापाले पढन नपाए पनि सिक्न पाएकोमा खुशि व्यक्त गर्नु भएको छ ।सस्कार सहितको शिक्षा आवश्यकता रहेको बताउदै सस्कार नभएर सबैमा वितृष्णा आएको छ त्यसैले सस्कार सहितको शिक्षालाइ जोड दिनु पर्ने औल्याउनु भयो । कार्यक्रममा असल अभ्यास को पात्र रातुल्सि मा वि बनेको छ विकास भनेको बाटोको खाल्टो पुरेर मात्र विकास नहुने र दिमागको खाल्टो पुरे मात्र विकास हुन्छ भन्नू भयो ।आवाज ,,,,,,,,,,,,,,
कार्यक्रममा रामनाथ स्मृति अक्षयकोषबाट विद्यालयका संस्थापक शिक्षक समाजसेवि देवराज ढकाललाइ सम्मान पत्र दोशल्लाले सम्मान गरिएको छ ।यसै गरि तारानाथ खगिकुमारी स्मृति अक्षयकोषबाट पुर्व विद्याथी तथा भुतपुर्व विद्याथिमञ्चका अध्यक्ष शालिकराम कँडेल सम्मानीत हुनुभएको छ । कार्यक्रममा प्रधानध्यापक बालकृष्ण लम्सालले बाषिक तथा भावि रणनितिक प्रतिबेदन पढेर सुनाउनु भएको छ । कार्यक्रममा नेपालसरकारका पुर्व सहसचिव मधुसुदन पोखरेलले २ लाख २ हजार १ सय ५५ रुपैया लोकनाथ असहाय स्मृति अक्षयकोषको आज विद्यालयलाइ चेक हस्तान्त्रण गर्नु भएको छ । पुवी पाल्पाको उत्क्रिष्ट विद्यालयको रुपमा रहको विद्यालयमा हाल २६सय विद्याथी अध्यानरत छन भने नेपाली माध्यम अग्रेजी माध्यम लगायत विभिन्न माध्यममा पढाइ हुदै आएको छ ।हाल विद्यालयमा २८ वटा व्लक छन भने १ सय ८ वटा कोठा रहको सुविधा सम्पन्न भवन रहकेो छ ।
कार्यक्रममा नगर शिक्षा अधिकृत विकल काफ्ले,विद्यालयका सस्थापक समाजसेवि देवराज ढकाल समाजसेवि फणेश्वर गौगम पुर्व अध्यक्ष कृतिनाथ श्रेष्ठ पत्रकार सिता डोटेल अभिभावक तथा पुर्व विद्यालय व्यावस्थापन समिति सदस्य दुर्गा देवि राना लगायतले बोल्नु भएको हो । विहान सरस्वती पुजा गरेर शुरु भँएको बाषिक उत्सव कार्यक्रममा लेखापाल हरिहर रेग्मीलेृ विद्यालयको आथिक प्रतिबेदन पढेर सुनाउनु भएको हो । बाषिक उत्सव कार्यक्रममा आउने पाहुनाहरुलाइ विद्यालयमा अध्यानरत विद्याथिले आ आफ्नो सस्कृति अनुसार स्वागत गरेको थिए । कार्यक्रमको संचालन शिक्षक लेखनाथ मरासिनीले गर्नु भएको हो ।


प्रकाशित : २०८० पुष १ गते २२:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology