पुर्वखाेला गाउपालिकाको १४ अाै गाउसभा सम्पन्न

भुवन सिंजाली
प्रकाशित : २०८० पुष २७ गते ७:००

पुर्वखाेला गाउपालिकाकाे १४ अाै गाउसभा सम्पन्न भएको छ।

गाउसभामा गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले कार्यपालिकाकाे निर्णय अनुमाेदन प्रस्ताव र नितिगत निर्णय प्रस्ताव पेश गर्नु भयो । गाउपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले याेजना संशोधन तथा रकमान्तर थप याेजना प्रस्ताव पेश गर्नु भयो । प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले अर्धवार्षिकिय प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

अध्यक्ष , उपाध्यक्ष र प्रशासकीय प्रमुखबाट प्रस्तुत भएका प्रतिवेदनहरु माथि केही संशोधन गरि पारित भएको छ।
गाउपालिकाकाे यस वर्ष वडागत र गाउपालिकाबाट संचालन हुने ३४६ वटा याेजना रहेकोमा २२ वटा याेजना सम्पन्न भइ भुक्तानी भएको , १५१ वटा याेजना सम्झौता भएको र १७३ वटा याेजना सम्झौता हुन बाकी रहेको । १८ लाख ७९ हजार ४९४ रुपियाँ राजस्व संकलन भएको छ।
गाउपालिकाले कुल बजेटकाे हाल सम्म चालू र पुजिगत गरि २८ प्रतिशत खर्च गरेको छ।

गाउसभामा सभाका सदस्य भुवन सिंजालि , वासुदेव न्याैपाने , समुद्रा भारती , सावित्रा थापा , शान्ति वि क रविन कुमार श्रेष्ठ याम बहादुर थापाले सार्वजनिक महत्त्व ,समसामयिक विषयकाे प्रशासन संचालन ,राजस्व संकलन , नापि तथा भु वर्गीकरण , शिक्षा स्वास्थ्य , पशु , प्राविधिक क्षेत्र , कर्मचारि माग साझेदारी कार्यक्रम , प्रशासनिक भवन , लिफ्ट खानेपानी विजुलिकाे अनुदान , फाेहाेर व्यवस्थापन , निर्माण सामाग्रिकाे दररेट ,लक्षितवर्ग कार्यक्रम , वन धढेलाे लगाएको विषयमा जिज्ञासा राख्नु भएको थियो ।

सभाका सदस्यहरुले राखेका जिज्ञासाका बारेमा गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा ,उपाध्यक्ष भागिरथि भट्टराई , प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठ ,
शिक्षा अधिकृत लाेकहरि देवकोटा , स्वास्थ्य शाखाका प्रमुख माेहन ढकाल , इन्जिनियर लक्षण न्याैपाने , कृषि शाखाका प्रमुख सन्तोष कडेल पशु शाखाका प्रमुख धन बहादुर दर्लामि
नापि शाखाका अमन चाैधरिले प्रति उत्तर दिनुभएको थियो ।

गाउसभा गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०८० पुष २७ गते ७:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology