बालहित माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सब सम्पन्न

प्रेमबहादुर बाकाबल
प्रकाशित : २०८० फागुन ७ गते १८:५६

पाल्पा,सहलकोट
२०८० फागुन ७, बालहित माध्यमिक विद्यालय निस्दी २ सहलकोट पाल्पाको ५५ औं वार्षिकोत्सब एवं अभिभावक दिवस समारोह सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुम बहादुर रानाको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना वडा अध्यक्ष फत्ते सिं दर्लामी रहनुभएको हो।
मुख्य पाहुना दर्लामीले कार्यक्रमको उदघाटन गर्नुहुदै वडा नम्बर २ ले टोल सुधार कार्यक्रम लागू गरि शिक्षालाई प्रभावकारी बनाउन लागेको बताउनुभयो । उहाँले शिक्षा जीवनको मुलधार भएकोले सम्पूर्ण अभिभावकहरुलाइ शिक्षामा लगानी गर्न समेत अनुरोध गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक नवल सिं विरकट्टाले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै रु १ करोड ३३ लाख १७ हजार ८९४ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा सफलताको शुभकामना सहित धारणा राख्नेहरुमा जापानी समाजसेवी काजुमासा काकिमी ओके बाजी, शिक्षक अभिभावक संघ अध्यक्ष पुन बहादुर सारु, चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकनाथ पोख्रेल, पुर्व वि.व्य. स. अध्यक्षहरु तिलविर राना, नरराम राना,
यसै अवसरमा शैक्षिकसत्र २०७९ मा कक्षा प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरेको हो।साथै विभिन्न खेलमा उत्कृष्ट विद्यार्थीहरु,र उत्कृष्ट शिक्षकहरु समेत पुरस्कृत भएका थिए ।
शिक्षक खुमबहादुर रानाको स्वागत बाट अगाडि बढेको कार्यक्रमको संचालन शिक्षिका मनिषा रेश्मी रानाले गर्नुभएको हो।


प्रकाशित : २०८० फागुन ७ गते १८:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology