श्री मनकामना प्राथमिक बिद्यालयले ४२अ‍ौं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनायो

सिमा श्रेष्ठ
प्रकाशित : २०८१ वैशाख १५ गते २०:४९

     (सिमा श्रेष्ठ पूर्वखोला ५ बिरकोट पाल्पा)

  पूर्वखोला गाउँ पालिका ५ बिरकोट स्थीत श्री मनकामना प्राथमिक  बिधालयले आफ्नो ४२अ‍ौं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । यस कार्यक्रमका मुख्य पाहुना पूर्वखोला गाउँपालिकाका ५ बिरकोटका वडा अध्यक्ष बिष्णु कुमार पल्लीले शिक्षाको लगानी र परिणाम देखिने धेरै समय लाग्ने भएकोले बालबालिका भनेको जिज्ञासु , र अनुकरणीय स्वभाबको भएको कारणले राम्रो देखे राम्रो सिक्ने र नराम्रो देखे नराम्रो सिक्ने भएकोले आफ्नो बालबालिकाले राम्रो गरेको देख्ने हो भने पहिला आफू राम्रो बाटो हिड्नु पर्छ। यसको बिकासको लागि वातावरण , अभिभावक ,शिक्षक र बिध्यार्थी चौतर्फी बिकास र राम्रो हुनुपर्ने कुरा राख्नु भयो ।बिशिस्ट पाहुना गणपति माध्यमिक बिधालयका प्रधानाध्यापक प्रेम बहादुर बारघरेले बिधालय मजबुत बनाउन स्थानीय बासिन्दालाई नै चासो र थाहा हुने भएकोले बिधालयको हरेक पक्षमा स्थानीयले नै पहल गर्नुपर्ने कुरा गर्नु भयो ।

गाउँले देउराली सापताहिक पाल्पाका प्रतिनिधि यादब राज शर्मा वडा सदस्य शिव कुमार श्रेष्ठ , जनकल्याण आधारभूत बिधालयका स प्रधानाध्यापक सिमा श्रेष्ठ ,मनकामना प्राथमिक बिधालयका प्रधानाध्यापक अमिन कुमार न्योपाने चु बहादुर सिंजाली ,नर बहादुर धर्ती ,नवलसिं सिंजाली , युव कुमार बि क लगायतका अतिथिहरुले शुभकामना दिनुभयो । बिधालयका प्रधानाध्यापक रेनुका ब्याम्बुबाट २७लाख ९९ हजार २९सय 0७ पैसा बराबरको आय ब्याय सार्बजनिक गर्नुभयो । बिधालयलाई थप सुधारका लागि यश अवसरमा अक्षयकोष स्थापना गरेकोछ।स्थानीय कल्बका युवा चुर बहादुर सिंजालीबाट रु २०,०००,प्रधानाध्यापक रेनुका बयाम्बबाट रु १८००० पुर्ब शिक्षाका रोशनी सिंजालीबाट रु ८००० , शिक्षाका नरमाया घर्तीबाट रु ६०००लगायत तेरह जनाले रु५०००भन्दा माथिको अक्ष्ायकोष स्थापना गरि सहयोग गरेका ब्याक्तीहरुलाई सम्मान पत्र र खादाले सम्मा गरेयो ।कार्यक्रम बिधालयका शिक्षका सम्झना न्योपाजेको संचालन र शिक्षिका शान्ति न्योपानेको स्वागत मनतब्यबाट शुरुभएको कार्यक्रम बिधालय ब्याबस्थापन समितिका अध्यक्ष  शान्ति सिंजलीको अध्यक्षतामा चलेको हो ।


प्रकाशित : २०८१ वैशाख १५ गते २०:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology