नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले रक्त संचार सेवा केन्द्र संचालन गर्ने

बिनोद भारती
प्रकाशित : २०८१ वैशाख १६ गते ११:२९

नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाले पाल्पामा रक्त संचार सेवा केन्द्र संचालन गर्ने निर्णय गरेको छ । पाल्पा नेपालको एकीकरण पूर्व वाइसे चौविसे राज्यमध्ये सबैभन्दा शक्तिशाली तथा शैक्षिक ,प्रशासनिक र पर्यटकीय दृष्टिले अग्रणी एक पहाडी जिल्ला हो ।सेनवंशी र मगरांती पृष्ठभूमि बोकेको पाल्पा जिल्लालाई इतिहास ,कला,शिक्षा
संस्कृति,रहनसहन र सभ्यताको धनी मानिन्छ ।२४५०२७ जनसङ्ख्या रहेको पाल्पामा सडकको अवस्था अत्यन्त जोखिमपूर्ण छ ।जसबाट सडक दुर्घटना बढी नै हुनेगरेको यथार्थता सबै सामु छ ।यहां चारवटा अस्पताल,८१ वटा वडामा
स्वस्थ्य चौकी तथा उप स्वस्थ्य चौकी र २ वटा प्राथमिक स्वस्थ्य केन्द्र एउटा डाइलासिस केन्द्र संचालनमा रहेका छन् ।तथापि आज सम्म पाल्पमा एउटा ब्लड बैक छैन जसले गर्दा अस्पतालहरुले पनि सकसपूर्ण सेवा प्रदान गरिरहेका छन ।त्यसै गरि सर्वसाधारण जनताहरु ब्लडको लागि भौतारीनु मात्र होइन आफ्नो मानिस गुमाउनु पर्ने बाध्यतामा पुग्ने अबस्था सम्म छ ।
बिभिन्न महामारीमा,दुर्घटनामा परेका,अधिक रक्तश्रावका विरामी,प्रसुति,मुटु,मस्तिष्क लगायत शल्यक्रिया गर्नु पर्नेका लागि ,साथै थालासिमिया,ल्युकेमिया लगायतको क्यानसर,हेमोफिलिया,डाइलासिस गर्नुपर्ने,रक्तअल्पता भएको मानिसहरुलाई रगतको अभाव हुन नदिने उद्देश्यका साथ संचालन गर्न लागिएको ब्लड बैक संचालनमा थुप्रै चुनौतिहरु छ।पाल्पामा ब्लड बैंक संचालन गर्न सहज भने छैन ।नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाको आयस्रोत न्युन छ ।रक्त संचार सेवा केन्द्र संचालन तथा यसको दिगोपनाका लागि करिव पांच करोड लाग्ने अनुमान गरिएको सभापति बबुराम कार्की बताउनु हुन्छ ।उहाले ब्लड बैकको लागि ४देखि ५ वटा कोठा सहितको भवन,अत्याधुनिक उपकरण र सामग्रीहरु,दक्ष जनशक्तिहरुको ब्यवस्था गर्नु पर्ने छ भन्नु हुदै हाम्रो समाजमा रक्तदान संबन्धि चेतनाको अभाव छ ।रक्त समुह छुट्याउनु पर्ने छ ।बिरामी र दुर्घटना परेकाहरुका लागि रगत आवश्यकता परेको अबस्थामा पनि आफ्नै परिवार वा नातेदर समेत रगत दिन नमानेको अवस्था छ ।बिरामीको जीवन धरापमा परिरहने अवस्था लगायत यावत चुनौतिका बावजुत पनि ब्यक्ति ,समूह,संघसंस्था ,दाता,सबैको मन जित्दै नेरेसो पाल्पाले ब्लड बैक संचालन गर्ने जमर्को गरेको बताउनु भयो।
पाल्पामा रक्तसंचार सेवा केन्द्र किन चाहिन्छ र ? चलेकै छ भन्ने प्रश्नको जवाफ दिदै कार्यालय प्रमुख विनोद भारतीले चल्नु चलाउनु र हुनुमा पक्कै पनि फरक हुन्छ नै ।रगत नपाउदाको पिडाबोध पाल्पा रेडक्रसलाई छ ।पाल्पामा संचालित पांचवटा अस्पतालहरुमा दिनहुं रगतको आवश्यकता पर्दछ ।बार्षिकरुपमा पाल्पामा ३६०४ पिन्ट भन्दा बढी रगत खपत हुनेगरेको तथ्याङ्क छ ।(मिशन १४१२,लुम्बिनी मेडिकल १३५२ र डायलासिस केन्द्र ८४०)पाल्पामा नियमित रक्तदाता संघसंस्थाहरु छैनन् ।यहा ३० देखि ४० जनायुवाहरु मात्र नियमित छन् जुन प्रयाप्त छैन।मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा रगत संकलन भण्डार भएको भए पनि व्यवस्थितरुपमा संचालन हुन सकेको पाईदैन भन्नु हुदैउहाले मागको ३० प्रतिशत भन्दा बढी रगत रेडक्रसको बुटवल ब्लड बैकवाट ल्याउनु पर्ने बाध्यता छ। त्यसमा पनि बर्षाको समयमा सडक अबरोधका कारण समयमा रगत दिन नपाउदाको पिडा भोग्नु परेको अवस्था छ।

छिमकी जिल्ला (स्यङ्जा,गुल्मी,पर्वत रअर्घाखाँची) का बिरामीहरुको पनि उपचार केन्द्र पाल्पा रहेकोले र दिन प्रतिदिन शल्यक्रिया गर्ने बिरामीको चांप बढ्नु।रक्तदाताहरु पर्याप्त नहुनु ।करिब ७ प्रतिशत बिरामीहरुले रगतको अभावमा समयमा उपचार नपाउनु र पाल्पामा रगत नपाएको कारण जिल्ला बाहिर उपचारमा जानु पर्ने बाध्यता जस्ता कारणहरुले पनि पाल्पामा एउटा ब्ल बैंकको आवश्यकता पाल्पा रेडक्रसले मात्र महशुस गरेको होइन आम पाल्पालीले महशुस गरेको कुरा हो ।नेपाल रेडक्रस रक्तसंचार सेवा केन्द्र संचालन गर्ने आधिकारिक निकाय हो भने ७० जिल्लामा यसैको अन्तर्गत ब्लड बैंक संचालन भईरहेका छन भन्नु भयो ।प्रमुख भारतीले रेडक्रस मानविय सेवा प्रदान गर्ने संस्था भएको र जनताको अति विश्वसनीय र स्वयं सेवकहरुको ठुलो सन्जाल भएको संस्था भएकाले पनि मानिसको जीवन बचाउनका लागि रक्तसंचार केन्द्रको आवश्यकता ठानिएको हो ।केही दिन अगाडि तिनाउको चिदिसमा भएको दुर्घटनामा घाइतेले हेलिकप्टर त पाए तर रगत पाउन नसकेको अवस्थाको अध्ययन गर्नेले नै ब्लड बैकको आवश्यकता महशुस गर्न सक्छ भन्नु भयो।
उहाका अनुसार नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाले निकट भविष्यमै आफ्नै कार्यालय रहेको भवनबाट रक्तसंचार सेवा केन्द्र सुचारु गर्ने गरि अगाडि बढीरहेको छ ।यतिवेला अर्थ संकलन अभियानलाई तिब्रता दिएको छ।रु १ लाखको यशस्कर र रु २५ हजारको बिशिष्ट सदस्य बितरण कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको छ ।यतिवेला यशस्कर र बिशिष्ट सदस्य लिनेहरुको नाम अर्थसंकलन दाताहरुको सुचिमा ताम्रपत्रमा समेत लेखिने सहुलियत दिइएको छ।त्यसैगरि कोही कसैको स्मृतिमा रु २५हजारदेखि १लाख सम्मको अक्षयकोष दाताहरुलाई ससम्मान ताम्रपत्रमा नाम लेख्ने तर स्मृतिमा सहयोग गर्नेले सदस्य नपाउने निर्णय समेत गर्दै ५लाख देखि १० लाख मुनिको रकम सहयोग गर्नेको नामबाट नै कार्यकक्षको नाम रहने व्यवस्था रहेको छ ।१०लाख माथि सहयोग पु-याउने दाताको अर्धकदको शालिक राख्ने निर्णय गरेको छ । त्यसैगरि ५ हजार देखि २५ हजार मुनि सहयोग पु-याउनु हुनेको लागि प्रमाण पत्र सहित सम्मान दिने र फ्ल्यास पेपरमा नाम राख्ने भएको छ ।२५ हजार माथि सहयोग पु-याउन सबै संघसंस्थाहरुको नाम ताम्रपत्रमा राख्ने निर्णय गरेको छ भन्दै प्रमुख भारतीले नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाले रक्तसंचार सेवा केन्द्र संचालन अभियानलाई व्यवस्थित गर्न विभिन्न समिति ,सहयोगसमिति गठन गरेको छ ।रक्तसंचार सेवा केन्द्र स्वीकृतिको लागि पत्राचार, जिल्लाका अस्पतालहरु संग समन्वय बैठक,जिल्ला समन्वय प्रमुख सहित जिल्लाका राजनीतिक दलहरुसंग बैठक,जिल्ला समन्वय प्रमुख सहित १० वटै पालिका प्रमुख/अध्यक्ष संगको बैठक,प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायहरुसंग बैठक,भु पु सैनिक तथा पुर्व प्रहरी संगठन संग बैठक,भु पु सैनिक कल्याणकारी क्लब संग बैठक,उद्योग वाणिज्य संघ र व्यापार संघका अक्ष्यक्षहरुसंग बैठक बस्ने काम सकिइसकेको र सबैबाट सकारात्मक प्रतिबध्दता आएकोछ.।त्यसै गरि पाल्पाली संगम काठमाडौं र अमेरिकासंग बैठक बस्ने र सम्पर्क गर्ने काम भइरहेको बताउनु भयो।


रेडक्रस मावताको पुजारी हो ।रेडक्रसले धर्म,बर्ण,लिङ्ग,वर्ग,जाति,भाषा,भूगोल, राष्ट्रियता वा राजनीतिक आस्थाको आधरमा भेदभाव नगरी मानवीय विपत्ति र पिडालाई रोकथाम,न्युनिकरण, निवारण,गर्ने एवं मानव जीवन र मर्यादाको संरक्षण गर्ने उद्देश्य लिएको हुन्छ ।म सेवा गर्छु जहाँ दु:ख त्यहा रेडक्रसको मूलमन्त्रमा प्रतिबध्द रही पाल्पा शाखाले विभिन्न कल्याणकारी कामहरु गर्दै आइरहेकै अबस्स्थामा रगतको अभावमा तडपिएको अवस्थालाई मध्यनजर गर्दै रक्तसंचार सेवा केन्द्र संचालन गर्न गइरहेको छ ।यसमा सबै मानवीय सेवा भावका मनहरुबाट यथेष्ट सहयोग पाउने अपेक्षा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले राखेको छ ।


प्रकाशित : २०८१ वैशाख १६ गते ११:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology