बाल विद्यालयमा विद्यार्थीलाई ढोलीमाराका युवाहरुले शैक्षिक सत्र को लागि पाठ्यपुस्तक वितरण

माधब पाण्डे
प्रकाशित : २०८२ वैशाख २३ गते २०:५५

पूर्वखोला-२,जल्पा,ढोलीमारामा शयारी बाल विद्यालयमा अध्यनरत विद्यार्थीलाई ढोलीमाराका युवाहरुले एक छोटो कार्यक्रम गर्दै शैक्षिक सत्र २०८२ को लागि पाठ्यपुस्तक वितरण गरेको छ।

उक्त कार्यक्रममा कुल १२ सेट पाठ्यपुस्तक वितरण गरिएको थियो।
लोक जि.एम.,दीपक कवर,जितन घर्ती र अविनाश आलेको संयुक्त संयोजनमा विगत वर्षमा जस्तै यस वर्ष पनि सहयोगलाई निरन्तरता दिएको हो।उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ. मन बहादुर ठाडाले विद्यालयमा यस्ता कार्यक्रमले विद्यार्थीको सिकाई स्तरलाई अभिवृद्धि गर्ने भएकोले समुहलाई धन्यवाद व्यक्त गर्नुका साथै आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमको अपेक्षा रहेको बताउनुभयो।
समुहको तर्फबाट आफ्नो संक्षिप्त धारणा राख्दै अविनाश आलेले सामाजिक उत्तरदायित्वलाई स्विकार गर्दै हरेक साल यस्ता कार्यक्रम गर्दै आईरहेको र अझ सशक्त ढङ्गले विद्यालय र विद्यार्थी को लागि कार्यक्रम गर्नुपर्नेमा जोड दिनुका साथै सम्पुर्ण विद्यार्थीलाई समुहको तर्फबाट उज्ववल भविष्य को समेत कामना गर्नुभएको थियो।


प्रकाशित : २०८२ वैशाख २३ गते २०:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology