क्यान्सर पीडित ज्योति लाल खनाललाई सहयोग रकम हस्तान्तरण

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ ८ गते १७:१६

विगत लामो समय देखि क्यान्सर रोगको संक्रमणमा परेका पूर्वखोला गाउँपालिका- ३ निवासी क्यान्सर पिडित ४५ वर्षीय ज्योतिलाल खनालको B.P. KOIRALA MEMORIAL CANCER HOSPITAL उपचार भैरहेको र उनका लागि देश बिदेश बाट जुटेको आर्थिक सहयोग रकम बिरामी लाइ हस्तान्तरण गरेको छ।

पूर्वखोला युथ ग्रुपको नेतृत्वमा १ हप्ताको अभियान बाट उठेको रकम पिडित परिवारलाई २०८२ जेष्ठ ७ गते चितवन पुगि पिडित बिरामीको श्रीमती ज्ञान कुमारी खनाललाई ६ लाख ८६ हजार १ सय ६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरियको थियो।

आर्थिक सहयोग गर्दिनु हुने कोमल हृदय भएका महान ब्यक्तित्वज्युहरु लाई सहयोग उठाउने अभियानता र पिडित परिवारको तर्फबाट बासुदेव न्यौपाने ,गगा काम्मु मार्फत धन्यवाद व्यक्त गरे।

देश भन्दा बाहिर बाट आर्थिक अलि बढी उठेको भएर सहयोगी दाताहरुले पसिना चुहाएर जम्मा गरिएको रकम पिडितको हातमा जस्ताको त्यस्तै थमाई दिएको र अब सहयोग गर्न चाहाने दयालु मनकारी हरुले डाइरेक बिरामीको खातामै सहयोग गर्नु  सुबोध न्यौपानेले जानकारी दिए।

 


प्रकाशित : २०८२ जेठ ८ गते १७:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology