जिल्ला प्रशासन कार्यालय लगायतको सेवा प्रबाह सम्बन्धमा सार्बजनिक सुनुवाइ रामपुरमा

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ जेठ १३ गते १९:२८

जेठ १२ रमा भण्डारी रामपुर पाल्पा
जिल्ला प्रशासन कार्यालय लगायतको सेवा प्रबाह सम्बन्धमा सार्बजनिक सुनुवाइ कार्यक्रम रामपुरमा भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा भएको कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुबेदीले समग्र पाल्पा जिल्लाको सेवा प्रवाह र सेवा प्रतिको गुनासोको विषयमा जानकारी दिनुभएको छ । ­प्रमुख जिल्ला अधिकारी सुबेदीले शान्ती सुरक्षा कायम गरि अपराध नियन्त्रण गर्ने र कानुन उल्लंघन गर्नेमाथि कानुन अनुसार कारर्बाही गरिएको बताउनुभयो ।बिपदजन्य घटनाको सिघ्र ब्यबस्थापन, कालोबजारी नियन्त्रण गरि उपभोक्ताको हितमा काम गर्ने गरिएको ,बिकाश निर्माणका काममा सहजीकरण गरिएको बताउनुभयो ।उहाँले जिल्लामा दैनिक १०० को हाराहारीमा नागरिकता जारी गरिएको र इलाका प्रसासन कार्यालय रामपुरबाट दैनिक ३० देखि ४० जनालाई नागरिकता दिइएको बताउनुभयो ।त्यस्तै उहाँले रामपुरबाट रास्ट्रिय परिचयपत्र वितरण,पुस १ गतेबाट राहादानीको काम गरिएको बताउनुभयो ।सेवाग्राही र सहभागीको सुझावलाई ग्रहण गरि कानुनको अधिनमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईले पाल्पामा एक जना प्रहरीले ६ सय बढी जनतालाई निसुल्क सेवा दिईएको बताउनुभयो । उहाँले शान्ती सुरक्षालाई ध्यान दिएर निस्दी १ को बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापनाको लागी काम भइरहेको बताउनुभयो । प्रहरी प्रमुख भट्टराईले शान्तिसुरक्षा कायम गरी आपराधिक क्रियाकलाप न्यूनीकरणको लागी प्रहरीले काम गरिरहेको बताउनुभयो ।आत्महत्या न्यूनीकरणका लागी जनचेतना फैलाउने काम गरिरहेको पनि बताउनुभयो । कार्यक्रममा रामपुर १ का वडाअध्यक्ष कपिलबहादुर खाँड,सामाजिक अभियान्ता कृष्णप्रसाद पौडेल , जेष्ठ नागरीक सघ पाल्पाका अध्यक्ष्ँ देबराज ढकाल नेकपा नेकपा एकिकृत समाजबादि का नगर अध्यक्ष्ँ ,फणेस्वर गौतम ,नेपाल पत्रकारमहासघ पाल्पाका उपाध्यक्ष्ँ बन्दना पोखरेल, रामपुर उद्योग उद्योग बाण्ज्यिसघ रामपुरका अध्इष्ँ भोजेन्द्र प्रकाश ढकाल, नेकपा आमोबादि का नगर अध्इष्ँ भिमबिश्व भट्टराई , पत्रकार रमा भण्डारी अनेरी क्याप्टेन देब बहादुर थापा मश्राङ्गी लगायतले शुझाव सहित आफ्ना जिज्ञासा राख्नुभएको थियो । सहभागीहरुले जग्गा सम्बन्धि विवाद,आत्महत्या बढेको,केही युवाहरु लागु औसध दुर्बेसनीमा लागेको ,रामपुरबाट चल्ने गाडीको यातायात भाडा बढी भएको ,रामपुरमा दुर्घटना बढेकोले प्रहरी सङ्ख्या बढाउनपर्ने , सँस्था दर्ता ईलाकाबाट हुनुपर्ने काम ,शहिद बहुमुखी क्याम्पसमा घटेको घटनाको निस्पक्ष छानबिन पछिको प्रतिबेदन लगायतका सुझाव राख्नुभएको थियो । सहभागीले राखेका जिज्ञासा र सुझावको जवाफ प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रमुख पवनकुमार भट्टराईले दिनुभएको थियो । ईलाका प्रशासन कार्यालय रामपुरको सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न संघसस्था विद्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सेवाग्राही महानुभाबहरुको सहभागिता रहेको थियो । सार्बजनिक सुनुवाइ कार्यक्रमको संचालन जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत दिनेश ज्ञवालीले गर्नुभएको थियो ।


प्रकाशित : २०८२ जेठ १३ गते १९:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology