जेष्ठ १३ , प्रेम बहादुर बाकावल, सहलकाेट
निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोट भाङ्गबारीमा बाल बिबाह अन्त्यका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ। सगरमाथा आमा समुह अध्यक्ष जुना रानाको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना कार्यपालिका सदस्य खुमिसरा पुलामी रहनुभएको हो।
मुख्य पाहुना पुलामीले कार्यक्रमको उदघाटन गर्नुहुदै निस्दी गाउँ पालिकाले २०८३ साल सम्म बाल बिबाह अन्त्य घोषणा गर्ने र वडा नम्बर २ सहलकोटले २०८२ असोज मसान्तसम्म बाल बिबाह अन्त्य घोषणा गर्ने कार्यक्रम रहेकोले यो कार्यक्रम सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
भाङ्गबारी प्रा वि का प्रधानाध्यापक हिरा बहादुर राना र वि व्य स अध्यक्ष राम बहादुर सारुले गत वर्ष बाल विवाह वडा घोषणा गर्न भाङ्गबारी बाधक बनेको र उप्रान्त भाङ्गबारी लगायत कुनै पनि टोल बाधक बन्न हुदैन यसका लागि आफ्नो तर्फबाट सकेको सहयोग र बाल विवाह अन्त्यका लागि महत्त्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा निस्दी गाउँ पालिका बालकल्याण अधिकारी कुश्माखर पाण्डेले बालबालिका ऎन २०७५ बमोजिमको कानुन का विषयमा जानकारी गराउदै बालविवाहका बेफाइदाका विषयमा प्रशिक्षण दिनुभयो ।
प्रकाशित : २०८२ जेठ १४ गते २१:१४
Facebook Comment