जेठ १४ रमा भण्डारी रामपुर पाल्पा
शहिद बहुमुखी क्याम्पस रामपुर ७ पाल्पामा स्वतन्त्र बिद्यार्थी युनियन र इलाका प्रहरी कार्यलय रामपुरको सहकार्यमा समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
स्वबियुका अध्यक्ष राजन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले बोल्दै यस्ता सचेतनाका कार्यक्रममाले युवाहरुलाइ सहि मार्गदर्शन गर्ने बताउनु भएको छ । वहाले यो कार्यक्रम महत्वपुर्ण भएको बताउदै विद्याथिहरुलाइ नराम्रा काम गर्नु हुदैन भन्ने सचेत गराउने भन्दै यो कार्यक्रम हाम्रो क्याम्पसमा संचालन गर्नु भएको मा धन्यबाद दिनु भएको छ ।
आज शहिद बहुमुखि क्याम्पसको सभाहलमा भएको कार्यक्रममा इलाका प्रहरुी कार्यलय रामपुरका प्रहरी निरिक्षक राम बहादुर नेपाली ले बालविवाह , मानव बेचबिखन , साइबर अपराध , लागु औषध , आत्महत्या , ट्रफिक सचेतना सम्बन्धी जानकारी दिनुभएको हो ।
कार्यक्रममा १ सय जना भन्दा बढि बिद्यार्थीहरु सहभागी रहेका थिए । स्वबियु सचिब बिमल क्षेत्रीले सञ्चालन गर्नभएको कार्यक्रममा उपाध्यक्ष देबेन्द« कामु मगरले स्वागत गर्नुभएको हो ।
प्रकाशित : २०८२ जेठ १५ गते २२:०९
Facebook Comment