रामपुर नगरपालिकाले महिला हरुलाई पोते माला तथा चुरा बनाउने तालिम दिए पछि महिलाहरु उत्साहित ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ जेठ १५ गते २२:११

जेठ १४ रमा भण्डारी रामपाुर पाल्पा
रामपुर नगरपालिकाले महिला दिदीबहिनीहरुलाई पोते माला तथा चुरा बनाउने तालिम दिए पछि महिलाहरु उत्साहित बनेका छन् । नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउन १३ दिने पोते माला तथा चुरा बनाउने तालिम दिए पछि व्यावसायिक बन्दै सामाग्री बनाएका छन ् ।
रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिलाहरुका लागि आवश्यक वस्तुको उत्पादन नगरपालिका भित्रै गरी आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो । यसले समृद्ध नगरपालिका संगै महिलाहरुको आयआर्जनमा वृद्धि हुने भएकाले व्यावसायिक रुपामा गर्नेका लागि दर्ता प्रक्रिया मा जान शुझाव दिदै बनेका सामाग्रीलाइ नगरपालिकाले बजारको बन्दोबस्त मिलाउने बगाउनु भयो । महिलाहरको उत्पादन नगरपालिकाले खरिद गरेर उपप्रमुख कोसेली घर मार्फत बिक्री वितरण गरी बताउनुभयो ।
श्रृङ्गारको रुपमा प्रयोग हुने चुरा, पोते, माला, तालिममा सहभागि मध्ये ४ जना मिलेर सामाग्री बनाइरहको नगर पालिकाले अवका दिनमा पनि यस्ता काम गर्नै इच्छुकलाइ अनुदानको समेत व्यावस्था गरि दिने बताउनुभयो ।
उहाँले महिलाहरुले उत्पादन नगरपालिकाले खरिद गरेर उपप्रमुख कोसेली घर मार्फत बिक्री वितरण गरी उपभोक्ताको हातमा पु¥याउने बताउनुभयो । उहाँले दैनिक जिवनमा आवश्यक पर्ने वस्तुको उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सिपका आयमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।


प्रकाशित : २०८२ जेठ १५ गते २२:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology