जेठ १६ गते, रमा भण्डारी रामपुर पाल्पा
संचारकर्मी तथा पत्रकारहरुको लागी क्षमता बिकास तालीम पाेखरामा भएको छ ।नेपाल पत्रकार महासङ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना नेपाल पत्रकार महासङ पाल्पा शाखाका पुर्ब अध्यक्ष भगवान भण्डारी रहनुभएको छ । कार्यक्रममा बोल्दै मुख्य पाहुना पुर्ब अध्यक्ष भण्डारीले पत्रकारीता क्षेत्रलाई अहिलेको सुचना प्राविधिको जमना अनुसार डिजिटल पत्रकारीतामा ध्यान दिनुपर्ने बतानुभयो । 
पाल्पामा पत्रकारीता क्षेत्रलाई अझ उचाइमा पुर्याउन क्षमता बिकास कार्यक्रम प्रसँशनिय रहेको बताउनुभयो ।नेपाललाई पर्यटकीय हिसाबले बिकास गर्न पर्यटन पत्रकारीतामा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्याल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मिलन बिश्वकर्मा ,समाजबादि प्रेस सगठनका केन्द्रिय सदस्य रमा भण्डारी लगायतले बोल्दै रामपुर नगरपालिकाले बजेट बिनियोजन गरेर पत्रकारहरुको क्षमता बिकास तालिम तथा अबलोकन भ्रमणको अबसर दिनुभएकोमा धन्यवाद दिनुभयो ।
नेपाल पत्रकार महासङ पाल्पा शाखाका सचिब रामचन्द्र रायमाझीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत सहसचिव दुर्गेस मल्लले गर्नुभएको थियो ।
जेठ १५ गतेदेखि सुरु भएको भ्रमण सहितको कार्यक्रम अन्तर्गत मादी गाउँपालिका १ मा रहेको पर्यटकीय स्थल सिक्लेक्सको भ्रमण सकेर १६ गते पोखरामा क्षमता बिकास तालीम भएको हो।
कार्यक्रममा प्रशिक्षक जिबन भण्डारी र भरत कोइरालाले समग्र पत्रकारीता क्षेत्रको अहिलेको अबस्था,चुनौती,पत्रकारीताकाे माद्यामबाट जनतालाई सुसूचित गर्ने र खबरदारी गर्नुपर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
। कार्यक्रममा पाल्पा जिल्लाभरिका २८ जना पत्रकारहरुको सहभागिता रहेको थियो । ।
प्रकाशित : २०८२ जेठ १७ गते १९:२५
Facebook Comment