पूर्वखोला गाउँपालिका–४, देवीनगर स्वास्थ्य चौकीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण कार्यक्रम सम्पन्न

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ १८ गते १८:२४

 

पूर्वखोला गाउँपालिका वडा नं. ४ स्थित देवीनगर स्वास्थ्य चौकीमा पहुँच कम भएका समुदायमा सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्री मोहन ढकालको अध्यक्षतामा तथा पूर्वखोला गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडा अध्यक्ष श्री मेहर सिंह थापाको प्रमुख आतिथ्यतामा, मिति २०८२ साल जेष्ठ १५ गतेका दिन सम्पन्न भएको हो।

कार्यक्रममा स्वयंसेविकाहरूलाई क्षयरोगको प्रारम्भिक चिन्हहरू, जोखिम समूहमा सक्रिय खोजपड्ताल गर्ने तरिका, तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने विधिहरूको बारेमा जानकारी दिइएको थियो।


प्रकाशित : २०८२ जेठ १८ गते १८:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology