पूर्वखोला–१, सिलुवा स्वास्थ्य चौकीमा पहुँच कम भएका समुदायमा सकृय क्षयरोग खोजपड्ताल कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक मिति २०८२/०२/१७ गते सम्पन्न गरियो।
सिलुवा स्वास्थ्य चौकीका प्रमुख श्री रुपेश कुमार मण्डलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सम्बन्धित स्थानिय महिला स्वयंसेविकाहरूले सकृय क्षयरोग पहिचान र खोजपड्तालका सम्बन्धमा महत्वपूर्ण प्रशिक्षण प्राप्त गरे। कार्यक्रममा क्षयरोग सम्बन्धी सचेतना अभिवृद्धि गर्न र समुदायमा सकृय खोजपड्ताललाई प्रभावकारी बनाउन विभिन्न विषयवस्तुमा छलफल तथा अभ्यास गरियो।
यस अभिमुखीकरण कार्यक्रममा सहभागी स्वयंसेविकाहरूले आफ्नो भुमिका र जिम्मेवारीलाई अझ प्रभावकारी बनाउनका लागि आवश्यक ज्ञान र सिप हासिल गरेको आयोजकहरूले जानकारी दिएका छन्।
प्रकाशित : २०८२ जेठ १८ गते २१:०७
Facebook Comment