“लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक रक्तसञ्चार केन्द्रको शुभारम्भ”

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ १८ गते २२:३०

बुटवल, रुपन्देही | २०८२ जेठ १७, शनिबार
रुपन्देही व्यापार संघद्वारा रु. १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको अत्याधुनिक रक्तसञ्चार उपकरणहरु आज एक समारोहबीच लुम्बिनी प्रादेशिक अस्पताल, बुटवललाई हस्तान्तरण गरिएको छ।

उक्त उपकरण हस्तान्तरणसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रको शुभारम्भ लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यज्यू तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय खेम बहादुर सारुज्यूले संयुक्त रुपमा गर्नु भयो।

शुभारम्भ समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवी रक्तदाताहरु तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। समारोहको अवसरमा २ सय ९७ जनाले स्वेच्छिक रक्तदान गरेका छन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यो पहलले लुम्बिनी प्रदेशमा सुरक्षित र समयमै रक्त आपूर्ति सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य मन्त्री सारुले निजी क्षेत्र र नागरिक समाजको सहकार्यबाट प्रदेशको स्वास्थ्य सेवा प्रणाली सुदृढ हुँदै गएको बताउनुभयो।

उक्त उपकरणहरुको प्रयोगबाट अस्पतालमा सुरक्षित रक्त संकलन, परीक्षण, भण्डारण तथा वितरण सेवा अझ प्रभावकारी र गुणस्तरीय हुने विश्वास लिइएको छ।


प्रकाशित : २०८२ जेठ १८ गते २२:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology