निस्दी गाउँपालिका-५ मा भूमिहीन र सुकुम्बासीलाई नक्सा प्रदान

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ १९ गते १८:४३

 

निस्दी (पाल्पा), जेठ १८ — निस्दी गाउँपालिका वडा नं ५ गल्धामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई नक्सा  वितरण कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकाले प्राप्त निवेदनहरूको अध्ययन तथा मूल्याङ्कनपछि योग्य ठहरिएका व्यक्तिहरूलाई नक्सा वितरण गरिएको हो। कार्यक्रम २०८२ साल जेठ १८ गते सम्पन्न भएको हो।

यस अवसरमा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने लाभग्राहीहरूले निस्सा प्राप्तिसँगै आगामी दिनमा जग्गा सुरक्षित हुने विश्वास व्यक्त गरेका छन्।

गाउँपालिकाले आगामी दिनमा बाँकी पात्रहरूलाई समेत आवश्यक प्रक्रिया पुरा गरी नक्सा वितरण गरिने जनाएको छ।


प्रकाशित : २०८२ जेठ १९ गते १८:४३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology