सिलुवा, पूर्वखोला
पूर्वखोला गाउँपालिका वडा नं. १ अन्तर्गत सिलुवा स्थित हात्तीलेकको काखमा अवस्थित समुङ्घा बस्तीसम्म मोटर बाटो निर्माण कार्य सम्पन्न भएको छ। प्रदेश सरकार र गाउँपालिकाको समन्वित प्रयासमा सम्पन्न यस परियोजनाले स्थानीयवासीहरूमा उत्साह र आशा थपेको छ।
नवनिर्मित मोटर बाटोले तामाखानी, नाथेकुर र समुङ्घा बस्तीका बासिन्दाहरूको दैनिक आवतजावतलाई सहज बनाउनुका साथै, सामाजिक तथा आर्थिक गतिविधिमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
यस क्षेत्रमा लामो समयदेखि यातायात सुविधाको अभावका कारण बासिन्दाहरू शिक्षादेखि स्वास्थ्य सेवासम्मका आधारभूत आवश्यकतामा कठिनाइ भोगिरहेका थिए।
स्थानीयवासीले मोटर बाटोको निर्माणले विकासको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरेका छन्। समुङ्घा बस्तीका एक जना वृद्ध स्थानीयले भने, “अब हामी पनि गाडी चढेर अस्पताल जान सक्छौं, आफ्ना उत्पादन सजिलै बजारमा पुर्याउन सक्छौं, यो साँच्चिकै सपना जस्तै लागेको छ।”
प्रकाशित : २०८२ जेठ १९ गते २१:०९
Facebook Comment