किशोरीहरूमा रक्तअल्पता परीक्षण, २४.१६ प्रतिशतमा समस्या देखियो

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ २१ गते २२:४०

 


पूर्वखोला (पाल्पा), २०८२ जेठ २०

पूर्वखोला गाउँपालिका वडा नम्बर १ अन्तर्गतका विद्यालयहरूमा किशोरीहरूमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा २४.१६ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनीमिया) देखिएको छ।

स्वास्थ्यकर्मीहरूको टोलीले जनमार्ग माध्यमिक विद्यालय, मदन आश्रित आधारभूत विद्यालय, अकला आधारभूत विद्यालय र सारदा आधारभूत विद्यालयमा अध्ययनरत कुल १६७ जना किशोरीहरूको रक्तअल्पता परीक्षण गरेका थिए। तीमध्ये ४० जना जति किशोरीहरूमा रक्तअल्पताको लक्षण देखिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।

परीक्षणमा सहभागी संख्या विद्यालय अनुसार यस प्रकार रहेको छ:

  • जनमार्ग मा.वि. – १२२ जना
  • मदन आश्रित आ.वि. – ९ जना
  • अकला आ.वि. – २५ जना
  • सारदा आ.वि. – ११ जना

स्वास्थ्यकर्मीहरूका अनुसार किशोरीहरूमा देखिएको रक्तअल्पता पोषणको कमी, स्वास्थ्य सम्बन्धी सचेतना अभाव र नियमित स्वास्थ्य जाँचको अभावका कारण हुनसक्ने अनुमान गरिएको छ।

स्थानीय निकाय र स्वास्थ्य संस्थाहरूले किशोरीहरूमा पोषणको सुधार, आयरन चपाउने ट्याब्लेटको वितरण तथा नियमित स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमलाई अझ सशक्त बनाउनु पर्ने आवश्यकता औंल्याइएको छ।



प्रकाशित : २०८२ जेठ २१ गते २२:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology