प्लास्टिकले छोपिएको भगवती मन्दिरको छाना फेरि मर्मत — स्थायी संरचनाको खाँचो

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ २३ गते २०:०२

 


 

पाल्पा, २०८२ जेठ २२ — पाल्पाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको छाना फेरि एकपटक अस्थायी रूपमा प्लास्टिकले ढाकिएको छ। हालैको हावाहुरीले पुरानो प्लास्टिक उडाएपछि, सशस्त्र प्रहरी बल नेपाल गुल्म पाल्पाका प्रहरी जवानहरूले मन्दिरको छाना पुनः मर्मतमा सहयोग गरेका छन्।

स्थानीय गुठी व्यवस्थापन समितिका अनुसार, बजेटको अभावका कारण वर्षौंदेखि मन्दिरको छाना अस्थायी प्लास्टिकले छोपिँदै आएको छ। वर्षा र हावाहुरीका बेला यो व्यवस्थाले काम नगरेपछि श्रद्धालु र स्थानीय बासिन्दा निकै असहज भएको गुनासो सुनिन्छ।

सशस्त्र प्रहरी बलको सक्रिय सहयोग
छाना मर्मतका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म पाल्पाका  प्रहरी टोलीले सहयोग गरेका हुन्। गुठी समितिले यस सेवाभाव र तत्परताप्रति आभार व्यक्त गरेको छ।

स्थायी संरचना आवश्यक
स्थानीयवासी तथा श्रद्धालुहरूका अनुसार मन्दिरको ऐतिहासिकता, धार्मिक आस्था र सुरक्षालाई ध्यानमा राख्दै पक्की छाना बनाउने पहल अत्यन्त जरूरी भइसकेको छ। उनीहरू सरकारले वा निजी दाताको सहयोगमा दीर्घकालीन समाधान खोजिनु पर्नेमा जोड दिन्छन्।

“प्लास्टिकको छाना हरेक वर्ष उडाइन्छ, फेरि मर्मत गरिन्छ। अब यसरी चल्दैन,” एक स्थानीय श्रद्धालु भन्छन्, “भगवतीको मन्दिरलाई यस्तै अवस्थामा राख्नु दुखद हो।”

सम्बन्धित निकायको ध्यान जान जरुरी
श्री रणउजीरेश्वरी भगवती मन्दिर पाल्पाको सांस्कृतिक सम्पदामध्ये एक हो। यस मन्दिरमा हरेक वर्ष हजारौं भक्तजन दर्शन गर्न आउने गर्छन्। यस्तो अवस्थामा यसको संरक्षण र सुधारका लागि स्थानीय तह, संस्कृति मन्त्रालय तथा अन्य सरोकारवाला निकायले चासो दिनु आजको आवश्यकता हो।



प्रकाशित : २०८२ जेठ २३ गते २०:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology