डाइभर्सन खारेजीको लागि कालीगण्डकी नदीको महिमा जोगाउन सरोकारवालाहरुको जोड।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ जेठ २६ गते ९:३२

जेठ २५ रमा भण्डारी रामपुर पाल्पा
पाल्पा ,स्याङ्जा, तनहुँ र नवलपुरका सरोकारवालाहरुले कालीगण्डकी डाइभर्सन खारेजीको लागि एक कार्यक्रम रामपुरमा भएको छ । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानका संयोजक शंकर प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ मुख्य पाहुना रहनु भउको हो ।
कार्यक्रममा कालीगण्डकी सभ्यताको संरक्षणका लागि डाइभर्सनको योजना खारेज गर्दै कालीगण्डकी नदीको महिमा जोगाउनु सरोकारवालाहरुले जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले कालीगण्डकी तल्लो तटिय क्षेत्रका जनता डाईभर्सन हुनु हुँदैन भन्ने पक्षमा रहेको र लुम्बिनी प्रदेश सरकारले कालीगण्डकी डाईभर्सनको विषयमा नबोले पनि कालीगण्डकी सम्यताको विकासको लागि धार्मिक तथा पर्यटन प्रवद्र्धनको योजना अघि सारेको बताउनुभयो । साथै पाल्पाका विभिन्न स्थानमा कालीगण्डकी नदीको सदुपयोगका लागि योजना अघि बढाएको बताउनुभयो । कालीगण्डकी सभ्यताको विकासको लागि रामपुर चापाकोटलाई कालिगण्डकी उपत्यका बनाउनु पर्नेमा जोड दिनु भयो । । श्रेष्ठले कालीगण्डकी डाइभर्सनको विषय लुम्बिनी र गण्डकी प्रदेशको साझा सवाल भएको बताउँदै केन्द्रमा बहस र छलफल गर्नु आवश्यक रहेको बताउनुभयो ।
। कार्यक्रममा कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानका संयोजक एवं पूर्व सांसद शंकर प्रसाद पाण्डेले कालीगण्डकीलाई आमा मानेर बसेका स्थानीयको सहमति विना कहि लैजान नमिल्ने बताउनुभयो । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजले डाइभर्सन रोक्नका लागि कालीगण्डकीको महत्वलाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउन अन्तराष्ट्रिय स्तरको धार्मिक मेला सञ्चालन गर्ने तयारी भैरहेको बताउनुभयो ।
उहाँले उत्तरवाहिनी क्षेत्रमा आगामी असोज २१ देखि कार्तिक १९ गते सम्म गण्डकी नदीको महत्वको बारेमा जानकारी उत्तरगण्डकी महामेलाको तयारी भैरहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले कालीगण्डकी डाइभर्सन योजना अघि बढ्न नदिनका लागि तल्लो तटिय क्षेत्रका स्थानीयहरु जागरुक हुनु आवश्यक रहेको बताउनुभयो ।
डाइभर्सनले कालीगण्डकी सभ्यता संगै पारिस्थितिक पद्धतिमा असर पर्ने भएकाले यो चिन्ताको विषय रहेको बताउनुभयो । कालीगण्डकी दुई प्रदेशको साझा नदी भएको बताउँदै पानीको प्रयोगको सिद्धान्तको अनुसार तल्लो तटिय क्षेत्रले प्रयोग गर्न पाउनु पर्ने बताउनुभयो । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक रहेको बताउनुभयो । गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले तल्लो तटिय क्षेत्रका पानीका स्रोतहरु कालीगण्डकी नदीमा निर्भर रहेको बताउँदै डाइभर्सन जसरी हुन्छ रोक्नु पर्ने बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले डाइभर्सनको कुराले आस्थाको केन्द्र देवघाट लगाएतका धार्मिक स्थलका सन्त महन्तहरु चिन्तित रहेको बताउनुभयो । बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा ,गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने,अभियन्ता कृष्ण प्रसाद पौडेलले सिंचाई नै गर्ने हो भने तल्लो तटिय क्षेत्रमा रहेका २ लाख हेक्टर बढी कृषियोग्य भूमि सिंचाई गर्न छाडेर तराईको एक लाख ७ हजार हेक्टर भुमि सिंचाई गर्नका लागि अघि बढाइएको आयोजना स्विकार्य नहुने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार मित्रलाल कंडेल, घिरिङ १ का वडा अध्यक्ष रविचन्द्र घोरासैनी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गंगा कुमाल, नेपाली कांग्रेस रामपुरका उपसभापति क्याप्टेन दे बहादुर थापा मश्राङ्गी, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष लिल बहादुर गाहा, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य कमलराज भट्टराई, एकिकृत समाजवादी रामपुरका अध्यक्ष फाणेश्वर गौतम, राप्रपा रामपुर नगर कमिटि अध्यक्ष राजेन्द्र ढकाल, राष्ट्रिय जनमोर्चा रामपुर नगर कमिटी अध्यक्ष राम प्रसाद गैरे, रामप्रसाद श्रेष्ठ, गल्याङ ११ का कृषक सीता डुम्रेले आफ्नो धारणा राख्नु भएको थियो ।


प्रकाशित : २०८२ जेठ २६ गते ९:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology