रामपुर नगरपालिका वडा नम्बर ५ को बाल भेला सम्पन्न भएको छ ।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ जेठ २६ गते ९:४१

जेठ २४ रमा भण्डारी रामपुर पाल्पा
बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका–५ मा बाल भेला सम्पन्न भएको छ ।
रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका ५ वटा विद्यालय र १२ वटा बालक्लवका पदाधिकारीहरुको सहभागीता रहेको थियो । भेलाले शारदा प्रसाद श्रेष्ठको अध्यक्षतमा १३ सदस्य वडा स्तरीय बालक्वल गठन गरेको छ । भेलामा बोल्दै रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बालबालिकाको भविष्य उज्जल बनाउन अनुशाशित भएकार लाग्न पर्छ भन्नु भयोे ।
भेलामा रामपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख युवराज पन्थी र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले बालमैत्री स्थानीय शासन संगै बाल अधिकार कल्वका काम कतव्र्य रर अधिकार सगै बाल कल्व गठनका बारेमा ज्ञान सिप सिकाउनु भएको हो ।
कार्यक्रममा वडा भित्रका ५ वटा विद्यालय, १२ वटा बालक्लव तथा टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको अवसरमा १२ वटा टोलका बालबालिकाहरुलाई व्यामिण्टन, कित्रेट, भलिबल र फुटबल लगाएतका सामग्री प्रदान गरिएको थियो । रामपुर नगरपालिका ५ नं। वडा कार्यालयको सभाहलमा भएको कार्यक्रम कार्यपालिका सदस्य मायाँ नेपालीको स्वागत र वडा सचिव रजनी भण्डारीको सञ्चालनमा भएको थियो । वडा ले जङफुड लाइ हटाएर हामै गाउघरका र्आगानिक कुरालाइ जोड दिने उदेश्यले बालबालिका हरुलाइ फु्रटिको रुपमा महि वितरण गरकेो वडा सदस्य इश्व्री काफ्लेले जानकारी दिनु भएको छ ।


प्रकाशित : २०८२ जेठ २६ गते ९:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology