रमा भण्डारी रामपुर, पाल्पा प्रकाशित : २०८२ जेठ २७ गते २१:२५
जेठ २५-रमा भण्डारी रामपुर पाल्पा
रामपुर नगरपालिका–५ रामघाटमा नगरस्तरीय ज्येष्ठ नागरिक भेला सम्पन्न भएको छ। रामपुर नगरपालिकाको आयोजनामा १० वटै वडाका नेष्ठ नागरीक सहभागि भेलामा सहभागी ज्येष्ठ नागरिकहरुलाई कानूनी सचेतना प्रदान गर्नुका साथै स्वास्थ्य परीक्षण र दोसला ओढाई सम्मान गरिएको हो । कार्यक्रमको उदेश्य माथि प्रकाश पार्देै रामपुर नगर प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिक जिउदो भगवानको हो भन्दै आमा बुवाको राम्रो हेरचाह र सम्मान गर्नु हामी सबैको कर्तय रहेको बताउनुभयो । संस्कार र संस्कृति नयाँ पुस्तामा गनूृ पर्ने भन्दै जेष्ठ नागरीक स्कुल नगरपालिकाले संचालन गर्ने लागेको बताउनु भयो । उक्त स्कुल लक्ष्मी नारायण मन्दिर परिसरमा स्थापना सञ्चालनको लागि तयारी भैरहेको बताउनुभयो । रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले सहभागिलाई स्वागत गर्नुहुदै जेष्ठ नागरिकहरुको सेवा गर्नु र सम्मान गर्नु छोराछोरी मात्र नभै हामी सबैको दायित्व रहेको बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष देवराज ढकालले ज्येष्ठ नागरिकका हक अधिकारका पक्षमा मञ्चले निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो । जिल्ला सदस्य केशवराज पंगेनीले पनि ज्येष्ठ नागरिकहरुलाई एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँण, लक्ष्मी नाराउण गुठि संचालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी लगायतले बोल्नु भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा रामघाट मा भएको कार्यक्रमकमो संचालन महिला बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नु भएको हो ।
Facebook Comment