पूर्वखोला गाउँपालिकामा धुने साबुन बनाउने पाँच दिने सीप विकास तालिम सम्पन्न

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ ३० गते १५:२२

 


पूर्वखोला गाउँपालिका, पाल्पाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २०८२ साल जेठ २४ गतेदेखि २८ गतेसम्म पाँच दिने “धुने साबुन बनाउने सीप विकास तालिम” सञ्चालन गरिएको थियो।

उक्त तालिम पूर्वखोला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष श्री मेहरसिंह थापा ज्यूको अध्यक्षतामा तथा गाउँपालिकाकी उपाध्यक्ष श्रीमती भागीरथी शर्मा भट्टराई ज्यूको प्रमुख आतिथ्यतामा प्रारम्भ भएको थियो।

तालिममा सहभागीहरूलाई धुने साबुन बनाउने प्रक्रिया सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। यस तालिमले स्थानीय स्तरमा साना उद्यम सञ्चालन गरी आर्थिक आत्मनिर्भरतामा योगदान पुग्ने अपेक्षा गरिएको छ।

तालिम कार्यक्रम संयोजक तथा प्रशिक्षकको सहकार्यमा सफलतापूर्वक सञ्चालन गरिएको थियो। सहभागीहरूलाई आवश्यक सामग्री, उपकरण तथा अभ्यासका लागि उपयुक्त वातावरणको व्यवस्था गरिएको थियो।

समापन कार्यक्रममा वडा अध्यक्ष, उपाध्यक्ष, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरू तथा सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वक्ताहरूले यस्ता तालिमहरूले गाउँमै रोजगारी सिर्जना गर्न र जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए।


 


प्रकाशित : २०८२ जेठ ३० गते १५:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology