पूर्वखोला (पाल्पा), असार – २
रामपुर जाँदै गरेको बलेरो जिप पाल्पाको पूर्वखोला गाउँपालिका–५ स्थित स्याफत भीरमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।
आर्यभञ्ज्याङ बाट तानसेन जाँदै गरेको लु १ च ६७५६ नम्बरको बलेरो जिप आज दिउँसो करिब ४ बजे स्याफत भीर नजिक अनियन्त्रित भई सडकबाट तल खसेको स्थानीयले जानकारी दिएका छन्।
दुर्घटनामा परेका तीनै जना यात्रु घाइते भएका छन्। इलाका प्रशासन कार्यालय पूर्वखोलाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ।
घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत तानसेन अस्पताल पठाइएको नेपाल प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र जिपमा कति जना सवार थिए भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित : २०८२ असार २ गते १८:५९
Facebook Comment