बर्दघाटमा कपडा बैंक स्थापना, विपन्नलाई निःशुल्क वितरण गरिने

www.kandaranews.com
प्रकाशित : २०८२ असार ३ गते २०:०७

📍 नवलपरासी , असार ४
पश्चिम नवलपरासीको बर्दघाटमा कपडा बैंक स्थापना गरिएको छ। बर्दघाट जेसिजक्लोथ एण्ड फुड बैंक नेपालको संयुक्त पहलमा स्थापना गरिएको यो कपडा बैंक बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा आएको हो।

बर्दघाट जेसिजका अध्यक्ष मोहन सापकोटाका अनुसार, संकलित कपडाहरू नगर भित्रका विपन्न नागरिकहरूलाई निःशुल्क वितरण गरिनेछ। आवश्यकता परेको खण्डमा तुरुन्तै वितरण गर्न सकिने व्यवस्थासमेत गरिएको छ। यो कपडा बैंक, क्लोथ एण्ड फुड बैंक नेपालको १६५औँ शाखा हो।

कपडा बैंकको उद्घाटन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले भने,

“पुराना कपडाहरूलाई रिफाइन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाउँदै कपडा बैंक स्थापना गरिएको हो। सबैले यो सामाजिक अभियानमा हातेमालो गर्न जरुरी छ।”

उनले निकट भविष्यमा फुड बैंकको पनि विस्तार गरिने जानकारी गराए।

📌 कार्यक्रमका दौरान जेसिज पदाधिकारी, क्लोथ एण्ड फुड बैंकका प्रतिनिधिहरू, नगरकार्यपालिकाका कर्मचारी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

✍️ – संवाददाता
🕒 प्रकाशन मिति: २०८२ असार ४, मंगलवार


 


प्रकाशित : २०८२ असार ३ गते २०:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology