असार १३, काठमाडौं
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिकसँगै गणित विषयमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड भएको तथ्य बाहिर आएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार, गणित विषयमा १ लाख २८ हजार २ सय १५ जना विद्यार्थी ननग्रेडेड भएका छन्। परीक्षामा सहभागी विद्यार्थीमध्ये ठूलो सङ्ख्याले गणितमा न्यूनतम योग्यता प्राप्त गर्न नसकेको देखिएको हो।
गणितपछि अङ्ग्रेजी विषयमा ८० हजार ६ सय ७२, विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २ सय ७१, नेपाली विषयको सैद्धान्तिक परीक्षामा ५४ हजार ७ सय ३५ र सामाजिक शिक्षा विषयमा ५३ हजार १ सय ८६ जना विद्यार्थी ननग्रेडेड भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार, ननग्रेडेड हुने विद्यार्थीहरूको यस्तो उच्च सङ्ख्या विशेषगरी गणितजस्ता प्राविधिक विषयहरूमा देखिएको छ। नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, “यसपालि पनि गणितमा विद्यार्थीहरू कमजोर भएको देखिन्छ।”
ग्रेड विवरण:
- GPA ३.६ – ४.० : ८१,३८५ विद्यार्थी
- GPA ३.२ – ३.६ : ७९,१२४ विद्यार्थी
- GPA २.८ – ३.२ : ४८,१७७ विद्यार्थी
- GPA २.४ – २.८ : ४८,४७९ विद्यार्थी
- GPA २.० – २.४ : ४,१३६ विद्यार्थी
- GPA १.६ – २.० : ८ विद्यार्थी
प्रदेशगत विवरण:
- बागमती: १,१९,५१७
- मधेश: ५९,७४९
- सुदूरपश्चिम: ५९,८०४
- लुम्बिनी: ५७,६८७
- गण्डकी: ४७,८४९
- कोशी: ४७,८३५
- कर्णाली: ४६,४५५
प्रकाशित : २०८२ असार १३ गते २०:३९
Facebook Comment