काठमाडौं, असार १३ —
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार यसपटक ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।
परीक्षाको नतिजा हेर्नका लागि २० वटा वेबसाइट तथा विभिन्न सेवा प्रदायकहरूमार्फत व्यवस्था गरिएको छ। विशेषगरी राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र कक्षा १० को www.see.gov.np मा गएर नतिजा सहज रूपमा हेर्न सकिनेछ।
बोर्डका अनुसार, सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरेर ग्रेडसिट हेर्न तथा डाउनलोड गर्न सकिने सुविधा पनि प्रदान गरिएको छ। साथै, नेपाल टेलिकम लगायतका अन्य सेवा प्रदायकहरूमार्फत पनि नतिजा एसएमएस तथा वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि देशभरका केन्द्रहरूमा संचालन गरिएको थियो।
प्रकाशित : २०८२ असार १३ गते २०:५९
Facebook Comment