हरियाली वडा: रामपुर–५ को निरन्तर प्रयास 🌿

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असार १५ गते २०:३९

 


असार १५, रामपुर पाल्पा

रामपुर नगरपालिका वडा नं. ५ ले ‘हरियाली वडा, समृद्ध समाज’ भन्ने नारासहित यस वर्ष पनि प्रत्येक परिवारलाई नि:शुल्क रुपमा फलफूलका विरुवा वितरण गरेको छ।

वडाले आँप, लिची, एवोगाडो, रानिबेल, शीतलचिनी लगायतका विरुवा २/२ वटा दरले वितरण गरेको हो। वडाध्यक्ष दुर्गा प्रसाद पाख्रेलका अनुसार यसपालि १,००० आँप, १,००० लिची, २५० रानिबेल र अन्य विरुवा वितरण गरिएको हो।

गत वर्ष रोपिएका विरुवाले फल दिन थालेको र यस वर्ष पनि विरुवा पाएपछि स्थानीय खुसी छन्।
“घरघरमा अब आँप–लिची फुल्दैछन्, बजारबाट किन्नु नपर्ने भयो,”
भन्दै वडा निवासी विष्णु श्रेष्ठ र दोबराज ढुगानाले खुशी साटे।

यस अभियानमा रामतुलसी माविका कृषि विषयका विद्यार्थीहरूले प्राविधिक सहयोग गरेका थिए। वडा सदस्य इश्वरी काफ्लेले जनप्रतिनिधिहरूको उपस्थितिमा विरुवा वितरण गरिएको जानकारी दिनुभयो।


 


प्रकाशित : २०८२ असार १५ गते २०:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology