असार १६, रामपुर (रमा भण्डारी)
रामपुर नगरपालिका वडा नं. ४ ले आफ्नो वडाभित्रका माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्तीर्ण भएका ७६ जना विद्यार्थीलाई सम्मान गरेको छ।
देविस्थानस्थित वडा कार्यालयको सभाहलमा आयोजित विशेष कार्यक्रममा सिताराम मावि, कालिका मावि र सिता माविका विद्यार्थीहरूलाई खादा, फुलमाला, अविर, सम्मानपत्र, डायरी र कलम सहित सम्मान गरिएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक लगायत विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष रामबहादुर रानाले विद्यार्थीहरूलाई असल नागरिक बन्न प्रेरित गर्दै भने, “ठूलो होइन, असल मान्छे बन्नुहोस्। रामपुरलाई चिनाउने काम तपाईंहरूबाट होस्।”
कार्यक्रममा विद्यालयका प्राचार्य, समाजसेवी, शिक्षक, टोल विकास संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थी सोनु श्रेष्ठ र सुदिया थापाले वडाको यो सम्मान कार्यक्रमले आफूहरूलाई थप प्रेरणा दिएको बताएका थिए।
कार्यक्रममा वडासदस्य सिमा थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन वडा सदस्य मोहन सि. रानाले गर्नुभएको थियो। अध्यक्षता वडाध्यक्ष रामबहादुर रानाले गर्नुभएको कार्यक्रमको अन्त्यमा वडासदस्य कमला रुचालले आभार व्यक्त गर्नुभएको थियो।
कार्यक्रमपछि असार १५ को अवसरमा सहभागी सबैलाई दही–चिउरा खुवाइएको थियो।
प्रकाशित : २०८२ असार १७ गते ८:०१
Facebook Comment