रामतुलसी माविद्वारा एसईई उर्त्तिण विद्यार्थीको बाजागाजा सहित सम्मान

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असार १७ गते ८:०७

असार १६, रामपुर, पाल्पा
रामतुलसी नमुना माध्यामिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई बाजागाजा, फूलमाला र अबिरसहित सम्मान गर्दै खुसी साटासाट गरेको छ।

विद्यालयबाट दुई जना विद्यार्थी—विविशा घिमिरे र अनुजा श्रेष्ठ—ले चार जीपीए (४.००) ल्याउन सफल भएका छन्। त्यसैगरी, ३३ जना विद्यार्थीले ३.६० भन्दा माथिको ग्रेड प्राप्त गरेका छन् भने कुल १२९ जना विद्यार्थी उर्त्तिण भएका छन्।

विद्यालयले आज बाजागाजासहित नगर परिक्रमा गर्दै सफल विद्यार्थीहरुलाई फूलमाला र अविरले स्वागत गर्‍यो। कार्यक्रमका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु श्रेष्ठले एसईईमा राम्रो नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।

शिक्षा विकास तथा समन्वय इकाई, पाल्पाका अनुसार, यस वर्ष पाल्पा जिल्लाबाट रामतुलसी माविका दुई जना, देववाणी संस्कृत तथा साधारण मावि तानसेनबाट एक जना, र न्यू होराइजन सेकेन्डरी स्कूल तानसेनबाट तीन जना गरी जम्मा ६ जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन्।


प्रकाशित : २०८२ असार १७ गते ८:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology