रामपुर, पाल्पा – असार २८ (रमा भण्डारी)
रामपुर नगरपालिकाको बजार क्षेत्रमा सोलार पोल बत्ती जडान भएसँगै साँझपख बजार झिलीमिली देखिएको छ । लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ३० लाख रुपैयाँको बजेटमा स्थापना गरिएको बत्तीले बजार क्षेत्र उज्यालो बनेपछि स्थानीय बासिन्दा तथा यात्रुहरु हर्षित भएका छन् ।
सोलार बत्तीको उज्यालोमा अब साँझमा हिडडुल गर्न सजिलो भएको निस्दी–५ की हरिदेवी अर्यालले बताइन् । “हामीजस्ता स्वास्थ्यको लागि साँझ हिँड्ने मानिसलाई अब डर नमानी हिड्न सजिलो भएको छ,” उनले भनिन् ।
यस्तै, स्थानीय जेष्ठ नागरिक डिलमानसिं रानाले सडक बत्तीका कारण बजार रमाइलो र सुरक्षित बनेको बताए । “अब साँझपख उज्यालो बजारमा हिँड्न रमाइलो लाग्छ,” उनले खुशी व्यक्त गरे ।
हालसम्म रामपुर बजार क्षेत्रका विभिन्न स्थानहरूमा ३५ वटा पोल बत्ती र २८ वटा सडक बत्ती जडान भइसकेको प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले जानकारी दिए । बेझाडको शहीद पार्कदेखि रामपुर अस्पतालसम्म बत्ती जडान गरिएको हो ।
रामपुर वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले रामपुर बजारमा सडक बत्ती अत्यावश्यक रहेको बताउँदै अहिलेको उज्यालो वातावरणले जनजीवन सहज बनेको बताए ।
प्रकाशित : २०८२ असार २८ गते २०:५०
Facebook Comment