पूर्वखोला। पूर्वखोला गाउँपालिकाभित्रका ६ विद्यालयका २०५ विद्यार्थी कक्षा १२ को राष्ट्रिय परीक्षामा सहभागी भएका थिए। जसमध्ये १२४ विद्यार्थी उत्तीर्ण भएका छन्। यसअनुसार पालिकाको समग्र उत्तीर्ण प्रतिशत ६०.४९ प्रतिशत रहेको छ।
विद्यालयवार नतिजा
- जनप्रिय मा.वि., पूर्वखोला–६ हेक्लाङ : २२ मध्ये २१ उत्तीर्ण (९५.४५%)
- शम्भु मा.वि., पूर्वखोला–३ जल्पा : १७ मध्ये १४ उत्तीर्ण (८२.३५%)
- जनमार्ग मा.वि., पूर्वखोला–१ सिलुवा : ४४ मध्ये ३० उत्तीर्ण (६८.१८%)
- मातृभूमि मा.वि., पूर्वखोला–४ देवीनगर : २९ मध्ये १५ उत्तीर्ण (५१.७२%)
- गणपति मा.वि., पूर्वखोला–५ विरकोट : ३७ मध्ये ३२ उत्तीर्ण (८६.४९%)
- उद्दबुद्द मा.वि., पूर्वखोला–३ रिङ्नेह : ५६ मध्ये १२ उत्तीर्ण (२१.४२%)
फरक–फरक सफलता दर
विद्यालयवार नतिजा हेर्दा केही विद्यालयले उच्च सफलता हासिल गरेका छन् भने केही विद्यालयको नतिजा अपेक्षाकृत कम देखिएको छ। जनप्रिय मा.वि. ले उच्च सफलता हासिल गर्दा उद्धबुद्द मा.वि. को परिणाम न्यून देखियो।
जनता अन्योलमा
कुल नतिजा सार्वजनिक भए पनि कुन विद्यालयबाट कति विद्यार्थी उत्तीर्ण भए भन्ने विस्तृत विवरण पालिकाको आधिकारिक पेज वा शिक्षा शाखाबाट पूर्णरूपमा उपलब्ध नभएको कारण स्थानीय अभिभावक र विद्यार्थी अन्योलमा परेका छन्।
सरोकारवालाको भनाइमा, यस्ता नतिजा समयमै प्रष्ट रूपमा सार्वजनिक भए शैक्षिक गुणस्तर सुधार र योजना निर्माणमा सहजता हुनेछ।
प्रकाशित : २०८२ भदौ ३ गते २१:१८
Facebook Comment