पूर्वखोला– पूर्वखोला गाउँपालिका–३ रिङ्नेरहमा टोल स्तरिय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण समूह, रिङ्नेरहको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्माटलिङ्क नेट पूर्वखोलाका सञ्चालक सुबोध न्यौपानेले रु. १२,००० आर्थिक सहयोग गर्नुभएको थियो।
“युवा स्वरोजगार” शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा रिङ्नेरहका सात वटा टोलका महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले युवाहरू हरेक उद्यममा जोडिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा उपाध्यक्ष भागिरथि शर्मा भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, कलेज प्रमुख हरि न्यौपाने, स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्य, वडा सदस्य वासुदेव न्यौपाने तथा स्काउट प्रमुख नवीन आचार्यले महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो।
प्रतियोगितामा प्रथम प्रगतिशिल आमा समूह (आडबिशे), द्वितीय समाजसेवी आमा समूह (बेसिबारि–बिर्ता) र तृतीय लप्सिभन्ज्याङ आमा समूह (तल्लाफाट) विजयी भएका थिए।
कार्यक्रम सीता न्यौपानेको अध्यक्षता, बिन्दु परियारको स्वागत मन्तव्य र सम्झना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।



प्रकाशित : २०८२ भदौ ५ गते १८:५८
Facebook Comment