नेपालमा निर्वाचन समयमै हुन्छ – गगनकुमार थापा

www.kandaranews.com
प्रकाशित : २०८२ भदौ ८ गते २३:०६

काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा आवधिक निर्वाचन समयमै हुनेमा कुनै शंका नहुने दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दक्षिण एसियाका अन्य देशमा निर्वाचन समयमै नहुने अवस्था भए पनि नेपालमा भने यस्तो हुँदैन भने।

थापाले निर्वाचन कानून संशोधन विधेयकमा आवश्यक परे थप–घट गर्न सकिने र निर्वाचन आयोगका सिफारिसहरूलाई समावेश नगरी ल्याउन सकिने बताए। उनले चुनाव हुने क्षेत्रका पार्टी सदस्यहरूले नै उम्मेदवार छान्न पाउनु राम्रो भएको पनि बताए।

साथै उनले मतदाता शिक्षा नागरिकसम्म पुर्‍याउने काम अझ व्यापक बनाउनुपर्ने जोड दिएका छन्।


प्रकाशित : २०८२ भदौ ८ गते २३:०६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology