बिन्दवासिनी युवा क्लबद्वारा हरितालिका तीज भव्य रुपमा सम्पन्न
शंकर न्यौपाने प्रकाशित : २०८२ भदौ ११ गते १९:१०
पूर्वखोला (पाल्पा), भदौ – बिन्दवासिनी युवा क्लब, पूर्वखोला–२ जल्पा छाब्दीको आयोजनामा हरितालिका तीज–२०८२ भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।
मौलिक संस्कृतिको संरक्षण गर्दै दिदीबहिनीबीच भेटघाट, सुखदुःख साट्ने वातावरण बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा खुला तीज गीत प्रतियोगिता समेत गरिएको थियो।
कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष मेघराज न्यौपानेले गर्नुभयो। स्वागत मन्तव्य गौरी न्यौपानेले दिनुभयो भने सञ्चालन क्लबका सचिव शंकर न्यौपानेले गर्नुभएको थियो।
कार्यक्रमलाई सफल बनाउन प्रकाश न्यौपाने (काठमाडौं), ओमप्रकाश पंगेनी (भारत हैदराबाद) र केदार न्यौपाने (अमेरिका) लगायत विभिन्न सहयोगी महानुभावहरूले आर्थिक सहयोग गरेका थिए।
खुला तीज गीत प्रतियोगितामा बिन्दवासिनी आमा समूह, पूर्वखोला–२ छाब्दीले प्रथम स्थान हासिल गर्दै रु. ५ हजार प्राप्त गर्यो। दोस्रो स्थान सरस्वती मा.वि. खैरेनी कक्षा–९ समूह रह्यो जसले रु. ४ हजार पायो। तेस्रो स्थानमा बर्मुखोला महिला समूह, पूर्वखोला र छाब्दी दिदीबहिनी समूह रह्यो जसले रु. ३ हजार प्राप्त गर्यो।
सहभागीलाई समेत प्रोत्साहनस्वरूप रु. १ हजार–१ हजार प्रदान गरिएको थियो।
कार्यक्रमको बीचबीचमा तीज गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। तीज पर्वकै दिन आयोजना भएकाले वातावरण उल्लासमय बनेको र कार्यक्रम मनोरञ्जनात्मक रुपमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।
Facebook Comment