भदौ १९, रामपुर पाल्पा – रमा भण्डारी
देवऋण, ऋषिऋण र पितृऋणबाट मुक्ति प्राप्तिका लागि आयोजना हुने उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२ को तयारी तीव्र हुँदै गएको छ।
यो महामेला आगामी असोज २१ गतेदेखि कात्तिक १९ गतेसम्म गल्याङ–१ कालेङ्गा र रम्भा–१ असेर्दी, पाल्पा जोड्ने संगमस्थल उत्तर बाहिनी क्षेत्रमा आयोजना हुने भएको छ।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार, महामेलालाई भव्य बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकार सबै तहबाट सहयोग प्राप्त भइरहेको छ।
महामेला कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान को आयोजनामा हुनेछ। यसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, गण्डकी प्रदेश सरकार लगायत गल्याङ नगरपालिका र रम्भा गाउँपालिका को सहयोग तथा संरक्षण प्राप्त हुनेछ।
यस धार्मिक–सांस्कृतिक पर्वलाई ‘मिनि कुम्भमेळा’ को रुपमा समेत मनाइने आयोजक समितिले जनाएको छ।
प्रकाशित : २०८२ भदौ १९ गते ९:४६
Facebook Comment