पर्वत जलजला समाज कतारले दोस्रो वार्षिकोत्सव मनाउदै साथमा साङ्गितिक प्रतुती

बिकास गैरे
प्रकाशित : २०८२ असोज ८ गते १:३०

बिकास गैरे – कतार

 जलजला समाज कतारले यहीँ आउने शुक्रबार अर्थात २६ सेप्टेम्बर २०२५ शुक्रबारको दिन आफ्नो दोश्रो बार्षिक उत्सव तथा नेपालीहरुको महान पर्व बिजया दशमी एवं शुभ दिपावलीको पावन अवसर पारेर शुभकामना आदानप्रदान सहित साङ्गीतिक कार्यक्रम गर्ने भएको छ।

 

सनैया स्थि फुलबारी रेष्टुरेन्टको सभाहलमा हुने उक्त कार्यक्रमा आफ्नो साङ्गितिक प्रस्तुती दिन नेपालबाट अतिथि कलाकारको रुपमा पर्वते राजा भनेर चिनिने लोक तथा दोहोरी गायक आर.सी पौडेल र मेरो भ्वाइस युनिभर्स सिजन-२ मा कतारबाट प्रतिनिधित्व गर्दै सेकेण्ड रनर अफ हुन सफल लोकप्रिय गायिका जुनु प्रसाईं आउन लागेको आयोजक समितिले कन्दर न्युज डटकमलाई जानकारी गराएका छन ।

 

पौडेल  र प्रसाईं सहित रोजगारीको सिलसिलामा कतारमै रहेका करिब एक दर्जन भन्दा धेरै कलाकारहरुले पनि  साङ्गीतिक प्रस्तुति दिनेछन साथै प्रत्यक्ष लाईभ दोहोरी पनि हुने भएको छ ।

 

कार्यक्रममा उपस्थितीको लागि कतारमा रहेका संघ संस्था, विशिष्ट व्यक्तित्व, समाजसेवी, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी, व्यवसायी, कलाकार, पत्रकारहरु सम्पुर्णलाई पत्राचार गरिसकेको कार्यक्रम संयोजक सुर्य बहादुर खत्रीले जानकारी गराए ।

 

कार्यक्रममा मिडिया पार्टनरको रुपमा एफ.एन.जे कतार, मध्यान्ह राष्ट्रिय दैनिक, नेपाली जनता खबर, रेडियो ओलिभ नेपाल, कतार, मुग्लानी खबर, बुटवल टुडे, दिप संचार मिडिया र पुर्व खोला प्रा.लि रहेका छन भने सहयोगीको रुपमा आयुषा मेकअप सलोन रहेको छ ।


प्रकाशित : २०८२ असोज ८ गते १:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology