नवौं मण्डली कप–२०८२ सम्पन्न, मणिमुकुन्द भलिबल क्लब बुटवल पहिलो

www.kandaranews.com
प्रकाशित : २०८२ कार्तिक ३ गते १०:२४

पूर्वखोला (पाल्पा) – पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–१, सिलुवास्थित श्री मण्डली स्पोर्ट्स क्लब, द्वारा आयोजित नवौं मण्डली कप–२०८२ भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब, बुटवल (रुपन्देही) प्रथम स्थान हासिल गर्न सफल भएको छ।
त्यसैगरी, दोस्रो स्थानमा मामा भान्जा युनाइटेड, रामपुर (पाल्पा), तेस्रो स्थानमा निस्दी खेलकुद विकास समिति, निस्दी (पाल्पा)सान्त्वना स्थानमा न्यु होराइजन क्लब, बुटवल रहेका छन्।

प्रतियोगिता सम्पन्न समारोहमा विविध साँस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए। स्थानीय कलाकारहरूले प्रस्तुत गरेका नाच–गान तथा मनोरञ्जनात्मक प्रस्तुतीहरूले दर्शकलाई उत्साहित पारेका थिए।

आयोजक क्लबका प्रतिनिधिहरूका अनुसार, खेलकुदका माध्यमबाट युवाहरूलाई अनुशासन, एकता र नेतृत्व क्षमतामा प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। साथै, खेलकुदसँगै स्थानीय प्रतिभा र संस्कृतिको संरक्षणमा पनि क्लब सक्रिय रहेको बताइएको छ।

पालिकाकै नमुना र सक्रिय क्लबका रूपमा रहेको श्री मण्डली स्पोर्ट्स क्लबले आगामी वर्ष प्रतियोगितालाई अझ बृहत् र व्यवस्थित रूपमा आयोजना गर्ने योजना बनाएको छ।



प्रकाशित : २०८२ कार्तिक ३ गते १०:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology