पाल्पा । पूर्वखोला गाउँपालिका–२, जल्पा माथिल्लो झेरुदीका महिलाहरुले स्थानीय उत्पादनलाई प्रयोग गर्दै यस वर्षको तिहारमा उल्लेखनीय आम्दानी गरेका छन् । गाउँकी महिलाहरुले कोदो र मकैबाट झिनियाँ (पारम्परिक घरेलु खानेकुरा) बनाएर बजारमा बिक्री गरेका हुन् ।
स्थानीय परम्परागत स्वादमा बनाइएका झिनियाँले बजारमा राम्रो माग पाएको र त्यसैबाट महिलाहरुले आर्थिक लाभ उठाएको उनीहरूले बताए । तिहार जस्तो चाडपर्वमा घरमै बनेका स्वदेशी परिकारको माग बढ्दै जाँदा ग्रामीण महिलाहरुको आत्मनिर्भरता र उद्यमशीलता दुवै बढेको देखिन्छ ।
यस्ता स्थानीय उत्पादनले गाउँमा रोजगारी सिर्जना गर्ने र परम्परागत सीपलाई जोगाउने काममा पनि सहयोग पुर्याएको स्थानीयवासीले बताएका छन् ।
प्रकाशित : २०८२ कार्तिक ५ गते १८:०३
Facebook Comment