
पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ स्थित जल्पा ढोलीमारा क्षेत्रमा गरिएको सामूहिक किवी खेतीबाट यो वर्ष उत्कृष्ट उत्पादन भएको छ। करिब २५ रोपनी जग्गामा रोपिएका ८ सय किवीका बोटबाट ७ क्विन्टलभन्दा बढी किवी फल उत्पादन भएको किसान डोलबहादुर घर्तीले जानकारी दिए।
उनका अनुसार यस वर्षको उत्पादन बिक्रीबाट करिब रु. २ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ। सामूहिक रूपमा गरिएको किवी खेतीले स्थानीय किसानको आय वृद्धि र व्यावसायिक कृषिमा प्रोत्साहन मिलेको किसानहरूको भनाइ छ।
प्रकाशित : २०८२ मंसिर ९ गते ११:५७
Facebook Comment