पाल्पाली लोक गायिका श्रीदेवी देवकोटाको ‘मिनिबस घुइकाइदेउ’ आज सार्वजनिक हुने

प्रवीण तिमल्सिना
प्रकाशित : २०८२ मंसिर १० गते १४:१७

 

काठमाडौं । पाल्पाकी चर्चित लोक गायिका तथा पूर्वखोला गाउँपालिकाको चेली श्रीदेवी देवकोटाको स्वरमा नयाँ लोक–संगीत “मिनिबस घुइकाइदेउ” आज सार्वजनिक हुने भएको छ। गीतलाई गायिका देवकोटाकै आधिकारिक युट्युब च्यानल Shreedevi Devkota मार्फत सार्वजनिक हुने छ।

लोक–धुनमा आधारित यस गीतमा श्रीदेवी देवकोटा र जय देवकोटाको युगल स्वर छ। गीतका शब्द मिदास गौतम, संगीत तथा एरेन्ज जय देवकोटाले गरेका छन्।

सार्वजनिक भिडियोमा सन्जिब ठकुरी र रितु तामाङको आकर्षक अभिनय प्रस्तुत गरिएको छ। भिडियो निर्देशन प्रबिन थापा, क्यामेरा सरोज शाही, सम्पादन अनिल राना तथा पोस्ट–प्रोडक्सन तरङ्ग डिजिटलले गरेका छन्।

गीतले दैनिकी, यात्रा, प्रेम र रमाइलोपनलाई हल्का हास्य–रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ। सार्वजनिक हुने भने पछि  दर्शक–श्रोता सहित देश–विदेशमा रहेका नेपालीहरूबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ उनीहरु सार्वजनिक हुने समय कुरेर बसिरहेका छन।

गायिका श्रीदेवी देवकोटा, जो लामो समयदेखि लोक–संगीत क्षेत्रमा सक्रिय छिन्, आफ्नै गाउँ पूर्वखोला र पाल्पाको नामलाई निरन्तर सांगीतिक जगतमा चम्काइरहेकी छिन्।

उनले भनिन  गीत अज बेलुका सार्वजनिक हुनेछ  सबै दर्शक–श्रोताहरूलाई “माया र साथ सधैं दिइदिनुहोस्, तपाईंहरूको हौसला नै मेरो प्रेरणा हो” भन्दै धन्यवाद प्रकट गरेकी छिन्।


प्रकाशित : २०८२ मंसिर १० गते १४:१७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology