पाल्पा – पाल्पाको पूर्वखोला–४ देवीनगरस्थित समानसिङमा इतिहासमै पहिलो पटक बस पुगेको छ। बस गाउँमै पुगेपछि स्थानीयवासीले अत्यन्तै उत्साहपूर्वक चालक तथा सह–चालकको भव्य स्वागत गरेका छन्।
चालक कमल रानालाई गाउँलेहरूले फूल, अविर र पैसाको माला लगाइदिए। बस गाउँभित्र प्रवेश गरेसँगै स्थानीयहरू डोलेझैँ भेला भई खुसी साटासाट गरेका थिए।

बस सञ्चालनमा आएपछि अब समानसिङका बासिन्दाले सदरमुकाम तानसेन, बुटवललगायत स्थानसँग सिधै सम्पर्क कायम गर्न सकेका छन्। यसअघि भने स्थानीयलाई रिजर्भ साना सवारी बोलाउनुपर्ने, पैदल चालिएर अर्को स्थानबाट मात्र ठूलो गाडी चढ्नुपर्ने बाध्यता थियो।
स्थानीय सरकार गठनपछि सडक मर्मत, घुम्टी कटान तथा सडक चौढ्याउने काम भएको र त्यसकै परिणामस्वरूप अब गाउँमा ठूला सवारीसाधन सहजै आवतजावत गर्न थालेको वडाध्यक्ष मेहरसिङ थापाले बताए।
प्रकाशित : २०८२ मंसिर १२ गते ९:३२
Facebook Comment