पाल्पाको छाब्दीमा पहिलो पटक विवाह समारोहमा बस पुगेपछि भव्य स्वागत

माधब पाण्डे
प्रकाशित : २०८२ मंसिर २३ गते १:०१

माधव पाण्डे


पाल्पा — पाल्पाको पूर्वखोला–२ स्थित छाब्दी गाउँमा पहिलो पटक विवाह कार्यक्रममा बस पुगेपछि चालक र सहचालकलाई स्थानीयले भव्य रूपमा स्वागत गरेका छन्। गाउँमा पहिलोपटक बस प्रवेश गरेसँगै स्थानीयको उत्साह झनै बढेको थियो।

बस चालक राम प्रसाद न्यौपाने  र सहचालक दिनेश रुचाललाई फूलमाला, पैसाको माला रअबिर लगाएर सम्मान गरिएको हो। गाउँलेहरू खुशी साट्दै पैसाको माला, अविर र फूलले स्वागतमा सहभागी भएका थिए।

बस पहुँच भएपछि छाब्दी गाउँ सदरमुकाम तानसेन, बुटवललगायत ठाउँसँग सिधा रूपमा जोडिएको छ। यसअघिसम्म छाब्दीका बासिन्दालाई रिजर्भ साना सवारी बोलाउनुपर्ने, पैदल हिँडेर अर्को स्थान पुगेर मात्र ठूला यातायात साधनमा यात्रा गर्नुपर्ने बाध्यता थियो।

स्थानीय सरकारले सडक मर्मत, घुम्ती कटान र सडक चौडाइ विस्तार गरेपछि ठूला सवारीसाधन गाउँसम्म प्रवेश गर्न सहज बनेको पूर्वखोला–२ जल्पाका जनप्रतिनिधि नीरबहादुर सारुले जानकारी दिनुभयो।


 


प्रकाशित : २०८२ मंसिर २३ गते १:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology