२७ मंसिर, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले ऐतिहासिक उपाधि हात पारेको हो ।
उपाधि जितेसँगै लुम्बिनी लायन्सका खेलाडीहरूले त्रिवि रंगशालामा एकअर्कासँग खुसी साटासाट गरेका थिए ।
प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी लुम्बिनी लायन्सका रोहित पौडेल घोषित भए । उनले पुरस्कारस्वरूप ओमोडा कार प्राप्त गरेका छन् । रोहितले प्रतियोगिताभर २७६ रन बनाउनुका साथै १० विकेट पनि लिन सफल भए ।
यस्तै, रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भए । उनले प्रतियोगितामा १७ विकेट लिएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलम्यान घोषित भए । उनले १५ विकेट लिँदै ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यसैगरी, सर्वोत्कृष्ट बलर विराटनगरका सन्दीप लामिछाने घोषित भए । उनले पुरस्कारस्वरूप पल्सर बाइक प्राप्त गरेका छन् ।
उत्कृष्ट ब्याटर पनि रोहित पौडेल नै घोषित भए, जसअन्तर्गत उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।
प्रकाशित : २०८२ मंसिर २८ गते २०:०४
Facebook Comment